शंखरापुर नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु १५ दिनको लागि बन्द
कपन अनलाइन
काठमाडौं, श्रावण २८ । कोरोना भाइरस संक्रमित देखा परे संगै शंखरापुर नगरपालिकाले अत्यावश्यक सेवा बाहेक वडा र नगरपालिका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु साउन २८ देखि १५ दिनको लागि बन्द गरेको छ।
शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठको उपस्थितिमा नगरपालिकामा बसेको क्वारेन्टाइन ब्यबस्थापन तथा क्वारेन्टाइन संचालन तथा ब्यबस्थापन समितिको बैठकले १५ दिनको लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरेको निर्णय गरेको हो।
शंखरापुर नगरपालिकामा ३ जनाको पि. सि. आर रिपोर्ट पोजेटिभ आएपछी आपतकालीन बैठक बसेर आगामी रणनीति बारे छलफल गरेका थिए ।काठमाडौं उपत्यकामा समेत बढदै गरेको कोरोना भाइरस बाट बच्न सजगता अपनाउन नगरबासीलाई नगर प्रमुख श्रेष्ठले आग्रह गरेका छन । शंखरापुरमा कोरोना भाइरसको भयाबह स्थिति आउन नदिन नगरपालिकाले सचेतनाका कार्यक्रमलाई अगाडी बढाउने बताउदै । लकडाउन हटे पनि महामारी नियन्त्रण नभइसकेकाले स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेका छन् । उनले कोरोना बाट त्रसित नभई सुरक्षा सतर्कता अपनाउन आम नगर बासीलाई अनुरोध गरेका छन ।