नेपालमा लायन्स क्लब स्थापना भएको ५० वर्ष पुगेको अवसरमा बृहत वृक्षारोपण

नेपालमा लायन्स क्लब स्थापना भएको ५० वर्ष पुगेको अवसरमा बृहत वृक्षारोपण

कपन अनलाइन

काठमाडौं,श्रावण २७लायन्स क्लब इन्टर नेसनल डिस्ट्रिक ३२५ ए१ ले नेपालमा  लायन्स क्लब स्थापना भएको ५० वर्ष पुगेको अवसरमा  बृहत सोमबार  वृक्षारोपण गरेको छ  ।

लायन्स क्लब इन्टरनेसनल दिस्त्रिक्क ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ  काठमाडौं ललितपुर, लायन्स क्लब अफ काठमाडौं जन भावना, लायन्स क्लब अफ काठमाडौं वर्ल्ड भिजन, लायन्स क्लब अफ काठमाडौं भ्याली सेन्टिनियल लायन्स क्लब अफ काठमाडौं धापाखेल  लायन्स क्लब अफ काठमाडौं मोडेल लायन्स क्लब अफ काठमाडौं डाइभरसिटी, लायन्स क्लब अफ काठमाडौं सुमेरु, लायन्स क्लब अफ काठमाडौं श्री गणेश  लायन्स क्लब अफ काठमाडौं सिम चौर. लायन्स क्लब अफ काठमाडौं पिपुल्स, लायन्स क्लब अफ काठमाडौं ग्लोबल. आइ, लायन्स क्लब अफ काठमाडौं अन्नपूर्ण, लायन्स क्लब अफ काठमाडौं अग्न पाँचथर,  ग्लोबल सर्भिस, पाटन महालक्ष्मी, लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी, लियो क्लब अफ उत्तरबाहिनी, लायन्स क्लब अफ कर्पोरेट ग्रुप, लायन्स क्लब अफ के टि एम, लायन्स क्लब अफ काठमाडौं टिम, लायन्स क्लब अफ काठमाडौं शुभ लाभ,  पशुपति विकास संस्था  र डी २४ यूथ क्लबको संयुक्त आयोजनामा ललितपुर २४ पशुपति टोलमा  बृहत वृक्षारोपण गरिएको हो ।

टिम एरिया लिडर लायन संजय दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाको मेयर चिरीबाबु महर्जन, बिषेश अतिथि लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए१ का क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादव , अतिथिहरु चिफ गभर्नर एड लायन हरि दाहाल, कपि बैंक चिफ लायन राम शरण दाहाल, चिफ एम जे एफ लायन लक्ष्मी राज अधिकारी, ए. ओ. जी. लायन तिख बिर राई, रिजन चेयरपर्सन लायन रमेश नेपाल, ज़ोन चेयरपर्सन लायन भरत शर्मा, लायन गंगालाल श्रेष्ठ लगायत लायन सदस्यहरु तथा सयौ स्थानीय बासिन्दाहरुको उपस्थितिमा फलफूलको बिरुवा सहित ५०० सय भन्दा बढी बिरुवा वृक्षारोपण गरिएको थियो।  उक्त कार्यक्रमको संचालन  चिफ ईनभाईरोन्मेन्ट लायन होम प्रसाद घिमिरेले गरेका थिए।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए१ का क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादव ले मानव जाति र पर्यावरण जोगाउन का निम्ति अहम भूमिका निर्वाह गर्ने कुरामा जोड दिदै लायन्स क्लबले वृक्षारोपण कार्यक्रमलाइ पनि बार्षिक कार्यक्रममा समेटेको बताए वृक्षारोपण गर्दै बिरुवा लगाउनु मात्र ठुलो कुरा नभई उचित रुपमा रेखदेख तथा संरक्षण गर्नु महत्वपुर्ण पाटो भएको बिचार राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ललितपुर महानगरपालिकाको मेयर चिरीबाबु महर्जनले  आयोजक लाइ धन्यवाद दिदै वृक्षारोपण पछि पनि वृक्षको संरक्षण गर्न क्लव र स्थानियलाई आग्रह गरेका थिए । स्वच्छ वातावरण का लागि विरुवा आवश्यक रहेकोमा जोड दिदै   रोपिएको  बिरुवा संरक्षणको दायित्व सबैको भएको  हुदा यसमा स्थानियको चासो उत्तिकै हुनु पर्नेमा जोड दिएका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।