यज्ञडोल जगडोल युवा क्लब बुढानिलकण्ठ -११ सहितका संस्था द्वारा बृहत सरसफाई

यज्ञडोल जगडोल युवा क्लब बुढानिलकण्ठ -११ सहितका  संस्था द्वारा बृहत सरसफाई

कपन अनलाइन

काठमाडौं ,श्रावण २८।बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा रहेको यज्ञडोल जगडोल युवा क्लबको आयोजना तथा शिवपुरी बालुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति तथा सुगम वेलफेयर सोसाइटीको सहआयोजनामा शनिबार  बृहत सरसफाई गरिएको छ ।शनिबार बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको सिमानामा रहेको गाम्चा सामुदायिक बन ठानेडाँडा सरसफाई गरिनुको साथै उक्त क्षेत्रमा सचेतना जगाउने खालका पोस्टर टाँस गरिएको छ ।

 काठमाडौं बाट नजिक रहेको पर्यटकीय क्षेत्र तारेभिर शिवपुरी  क्षेत्रमा घुम्न आउने यात्रुहरु अथवा अन्य मानिसहरुले सोहि  मार्ग प्रयोग गर्ने र बनभोजको लागि समेत सोहि स्थान सबैको रोजाइमा पर्दै आएको भए पनि सरसफाई नहुदा  दिनदिनै फोहोर बढ्दै गएको देखे पश्चात  सरसफाई गरिएको र  आगामी दिनमा   आवश्यक ठाउमा  डस्टविन समेत राख्ने योजना रहेको  यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संजय पौडेलले जानकारी दिए   ।

सहभागी गरुले  प्लास्टिक तथा सिसा  जन्य फोहोरलाई संकलन गरेका थिए ।सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानको सरसफाई गरीएको सुगम वेल फेयर सोसाइटिका अध्यक्ष श्याम राजा गौतम(यशराज)ले कपन अनलाइनलाइ बताए ।

सो अभियानले विश्वमा बिध्यमान रहेको बातावरण प्रदुषण रोकथाम गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै उनले सफाई गर्दा समाजमा यसको सकारात्मक संदेश जाने र फोहोर गर्नु हुन्न भन्ने चेतनाको विकास हुने पनि बताए।कार्यक्रममा  आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।