टोखामा “नेकपा स्थापनाको ७० वर्ष र अवको बाटो” अन्तरक्रिया सम्पन्न

टोखामा “नेकपा स्थापनाको ७० वर्ष र अवको बाटो” अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाडौं ,साउन १७।

टोखा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष र अवको यात्रा कता ? भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर शनिवार टोखा सरस्वती मा. विमा मालेमा युवा अध्ययन केन्द्रको आयोजनामा  भएको सो अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले नेपाली कम्युनिस्ट आन्दोलनका विगत र आगामी दिशाका वारेमा प्रशिक्षण प्रदान गरेका थिए।

नेकपाका नेता  बाबुलाल डंगोल, रमेश डंगोल,गजराज श्रेष्ठ, हरिदास श्रेष्ठ लगायतको उपस्थितिमा नेता न्युअपनेले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको जानकारी प्रदान गर्दै   पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक रहेको जानकारी दिएका थिए।

कार्यक्रमका अन्य वक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलन ,पार्टी एकता र आगामी कार्यभारहरुका वारेमा विचार प्रस्तुत गरेका थिए। फोटो सौजन्य :टोखा लाइभ

तपाइँको प्रतिक्रिया ।