शंखरापुर २ पटापको पहिरो निरीक्षण गर्न पुगे बागमती प्रदेश सभा सदस्य मणिराम फुयाल

शंखरापुर २ पटापको पहिरो निरीक्षण गर्न पुगे बागमती  प्रदेश सभा सदस्य मणिराम फुयाल

कपन अनलाइन

काठमाडौं, श्रावण १५।बागमती प्रदेश सभा सदस्य माननीय मणिराम फुयालले शंखरापूर नगरपालिका २ पटाप कुण्डेश्वर सडकको प्राबिधिक सहित अनुगमन गरेका छन् ।  वाग्मती प्रदेश सरकारद्वारा विनियोजित बजेटमार्फत् शंखरापुर वडा नं. २ पटाप- कुण्डेश्वर सडक पहिरोका कारण  उच्च  जोखिममा रहेका  स्थानहरुको प्राविधिक सहित आज अनुगमन गरेका हुन्।

 

काठमाडौं जिल्लाकै भौगोलिक रुपमा विकट मानिने पटापको बस्ती, समग्र निर्वाचन क्षेत्रमा  वर्षा सुरू भएसँगै आएको पहिरोको जोखिममा परेकोले अनुगमन गरि समस्या समाधानका लागि अग्रसर हुने हेतुले आज उनले सो क्षेत्रको निरिक्षण गरेका हुन्।

सो स्थान पहिरोको जोखिममा रहेकोले रोकथाम र सुरक्षा व्यवस्था नगरेमा जनधनको क्षेती पुग्ने भएकोले त्यसका लागि आवस्यक व्यवस्था गर्नका लागि स्थानीयहरुले सरोकारवाला पक्ष संग अनुरोध गरेको भोलि पल्ट नै प्रदेश सभा सदस्य  मणिराम फुयालले तत्कालको लागि पहिरोको जोखिम न्यूनीकरण गर्नको लागि प्राबिधिक सहित स्थलगत निरीक्षण गरेका हुन्।

फोटो :राजेश कट्टेल

तपाइँको प्रतिक्रिया ।