सगरमाथा त्रिवेणी सामुदायिक संस्थाको सातौ बार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

सगरमाथा त्रिवेणी सामुदायिक संस्थाको सातौ बार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, श्रावण १५। काठमाडौं महानगरपालिका वडा नं ६ त्रिबेणी चोकमा रहेको सगरमाथा त्रिबेणी सामुदायिक संस्थाको  सातौ बार्षिक साधारण  सभा  तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको  छ।

बिहिबार काठमाडौं महानगरपालिका वडा नं ६, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सिमानामा रहेको उक्त संस्थाको साधारण सभाका प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ६का वडा अध्यक्ष दिपेन्द्र लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,काठमाडौं महानगरपालिका वडा नं ६ कि वडा सदस्य एबम कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, जयराम पुडासैनी लगायत संस्थाका पादधिकारीहरुको उपस्थितिमा भएको सो साधारण सभाका अध्यक्षता सागरमाथा  त्रिबेणी सामुदायिक संस्थाका अध्यक्ष शेखरनाथ आचार्यले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिब मेघनाथ घिमिरेले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र शाक्यले ब्यानर खोली उद्दघाटन गरेका थिए ।कार्यक्रममा संस्थाकी सदस्य तारा खड्काले स्वागत मन्तब्य राखेकी थिइन्। कार्यक्रममा संस्थाकी कोषाध्यक्ष चन माया तामाङले संस्थाको बार्षिक आय व्ययप्रस्तुत गरेकी थिइन् भने संस्थाका सचिब मेघनाथ घिमिरेले संस्थाको आर्थिक वर्ष २०७६/७७ तथा चालु आ व ०७७/७८ मा गरिएका र गरिने कार्यको बिवरण प्रस्तुत गरेका थिए ।

सोहि कार्यक्रममा   सागरमाथ त्रिवेणी सामुदायिक संस्थाले १९ जना ७० वर्ष माथिका ज्येष्ठ  नागरिकहरुलाई सम्मान समेत गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले ज्येष्ठ  नागरिकहरुलाई दोसल्ला तथा प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा  प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ६का वडा अध्यक्ष दिपेन्द्र लामा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,काठमाडौं महानगरपालिका वडा नं ६ कि वडा सदस्य एबम कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै संस्थाको उनन्ति प्रगतिको कामना सहित ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउदा खुसि लागेको बताएका थिए। उनीहरुले बिकासका काममा संस्थाले पुर्याउदै आएको योगदानको प्रसंशा गर्दै थप काम गर्न प्रेरित गर्दै आफुहरुले सकेको सकारात्मक सहयोग गर्ने बताएका थिए  ।

ज्येष्ठ नागरिकहरुको तर्फ बाट शुक्र बहादुर थापा मगरले मन्तब्य राखेको कार्यक्रमको दोस्रो सत्रमा सर्वसम्मतिले नया कार्य समिति चयन समेत गरेको छ । जसको अध्यक्षमा शेखरनाथ आचार्य, उपाध्यक्ष ज्ञानेन्द्र बहादुर, बुढाथोकी ,सचिबमा मेघ नाथ घिमिरे, सह सचिब शर्मिला देबी बुढाथोकी कोषाध्यक्ष चनमाया  तामाङ, सदस्यहरुमा मान बहादुर  पाख्रिन,  एलिमा योन्जन, श्रीकुमार सारु मगर ,रामजी प्रसाद थापा मगर,  तारा कुमारी खड्का, लोक बहादुर गुरुङ, र लाल बहादुर घताने चयन भएका छन् ।

नव निर्वाचित संस्थाका पदाधिकारीहरुलाई  प्रमाण पत्र वितरण गरिनुको साथै संस्थाका संस्थापक तथा निवर्तमान कार्य समितिका पदाधिकारीहरुलाई  प्रसंशा पत्र वितरण गरिएको थियो।अध्यक्षताको आसन बाट बोल्दै संस्थाका अध्यक्ष शेखरनाथ आचार्यले नया कार्यसमितिलाइ बधाई तथा सफल कार्यकालको शुभकामना सहित उपस्थित सबैलाई धन्यबाद ज्ञापन  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।