कोरोना परिक्षणलाइ तिब्र बनाउदै कागेश्वरी मनोहरा नगरपालिका
कपन अनलाइन
काठमाडौं श्रावण ६। कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना परिक्षणलाइ निरन्तरता दिदै परिक्षण तिब्र बनाएको छ ।वडाको सिफारिसमा प्रत्येक हप्ताको सोमबार आरडीटी र शुक्रबार पीसीआर परीक्षण गरिने निर्णय भए अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा आर डीटि परिक्षण गरिनुको साथै पिसी आर परिक्षणको लागि स्वाब संकलन गरिएको छ ।
नगर प्रमुख कृष्णहरि थापाको अनुसार श्रावण ५ गते सोमबार मुलपानी नगर अस्पतालमा ४४ जनाको पिसीआर परिक्षणको लागि स्वाब संकलन गरिएको र ११ जनाको आरडीटि परिक्षण गरिएको जानकारी गराए। उनले आर डिटि गरिएकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको र पिसीआर परिक्षणको लागि टेकु पठाइएको बताए । नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको जानकारी गराउदै संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको बताए ।