बुढानिलकण्ठ -११ को स्वरुपा टोल जोखिममा

बुढानिलकण्ठ -११ को स्वरुपा टोल जोखिममा

कपन अनलाइन 

काठमाडौं ,साउन ५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको स्वरुपा टोल पहिरोको जोखिममा परेको छ। सो स्थानमा रहेका चार वटा अव्यवस्थित जग्गा पल्टिंगका कारण सो क्षेत्र निकै जोखिममा परेको छ।

सो क्षेत्रमा जग्गा बेच बिखन गर्नका लागि अव्यवस्थित रुपमा गरिएका प्लटिंगले हालेका ढलहरु करिव ३० फिट भासिएर मंगल टालिदा पानीको निकास बन्द भएर हिलो जमेको एक स्थानीयले बताएका छन।साथै सो स्थानमा मंगल भासिएर बनेको खाल्डोमा परेर ज्यान जानसक्ने खतरा रहेको भन्दै स्थानीयहरुले तत्काल सो समस्याको समाधान खोज्नका लागि सरोकारवाला निकाय संग माग गरेका छन।

सो अव्यवस्थित ढल र त्यसले सृजना गरेको जोखिममा सो टोलका करिव ७० घर उच्च जोखिममा परेका छन। न्युनतम सुरक्षा सहित मापदण्ड पुगेका संरचना निर्माण गर्नुपर्नेमा केवल अत्याधिक नाफामुखी उदेस्यले बनाइएका संरचनाक कारण अन्य क्षेत्रमा पनि जोखिम बढेको छ।

भूगोलको अवस्था अध्ययन नगरी जथाभावी रुपमा जग्गा प्लटिंग गर्दा धेरै स्थानका संरचनाहरु पनि जोखिममा परेको बताउदै एक शिक्षकले जग्गा ब्यापारीको डिजाइनमा ढल ,मंगल ,पर्खाल जस्ता संरचना निर्माण भएकोले जनताले निकै ठुलो सास्ती खेप्नु परेको गुनासो गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।