उपत्यकाका स्थानीय तहबीच सहयोग र साझेदारी कार्यक्रम अध्ययन गर्न कार्यदल गठन
कपन अनलाइन
काठमाडौं ,साउन ४।
काठमाडौं उपत्यकाको बिकास र सेवा प्रवाहलाई समान मापदण्डका आधारमा कार्यान्वयन गर्न, अन्तर नगर साझेदारिता र सहयोगका कार्यक्रम पहिचान गर्न २ वटा समिति गठन भएका छन् ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरका सहसचिव राजेश्वर ज्ञवाली र ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद कोइरालाको संयोजकत्वमा छुट्टाछुट्टै ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
सहसचिव ज्ञवालीको सयोजकत्वमा गठित समितिमा सूर्यबिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कीतिपुर नगरका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, बुढानिलकण्ठ नगरका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा सदस्य हुनुहुन्छ । समितिको सदस्यसचिव काठमाडौं महानगरको सहरी सुशासन बिभागका प्रमुख हरिबहादुर कुँवर रहेका छन ।
यो समितिलाई अन्तर नगर सहयोग क्षेत्र र साझेदार कार्यक्रम अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको संयोजकत्वमा गठित समितिमा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत पुरुषोत्तम सापकोटा, तारेकश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी र गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरे सदस्यरहेका छन । समितिको सदस्य सचिवको जिम्मेवारी काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठलाई दिइएको छ ।
समितिलाई फोहोरमैला व्यवस्थापन कोषको कार्यबिधि बनाउने, सञ्चार साझेदारिता र ट्राफिक व्यवस्थापनका कार्यक्रम ढाँचा शिफारिस गर्ने जिम्मेवारी दिइएकोयो समितिलाई १ महिनाको समयावधि दिइएको छ ।फोटो सौजन्य : काठमाडौं अनलाइन