ओखलढुङ्गाको सिद्धिचरण- ८ मा ट्रक दुर्घटना,चालकको मृत्यु

ओखलढुङ्गाको सिद्धिचरण- ८ मा ट्रक दुर्घटना,चालकको मृत्यु

कपन अनलाइन

ओखलढुंगा ,असार २५।

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगपालिका वडा नं ८ को सेतीदेवी मन्दिर नजिकै ट्रक दुर्घटना भएको छ । बा ३ ख ९६ नम्बरको ट्रक दुर्घटना हुदा दोलखा जिल्लाको जिरी नगरपालिका घर भएका वर्ष २४ का चालक नबराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ  ।

विहिबार विहान अन्दाजी साढे ४ बजेतिर ट्रक दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिएका छन  । ट्रक सडकवाट करीब १ सय मिटर तल खसेको छ । ट्रकमा चालक कार्की मात्रै रहेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्रक काठमाण्डौं वाट माथिल्लो सोलु खोलामा निर्माण हुदै गरेको बेनी हाईड्रोपावरको सामान लिएर सोलु तर्फ जादै गरेको रहेको र मृतकको शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । फोटो सौजन्य :ओखलढुंगा न्युज डट कम

तपाइँको प्रतिक्रिया ।