तारकेश्वर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण

तारकेश्वर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असार २०

तारकेश्वर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तारकेश्वर नगरपालिका ४ फुलबारी गेटकी ५२ वर्षिया महिला, नेपालटारकी २६ वर्षिया महिला र तारकेश्वर ९ मनमैँजुकी २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार फुलबारी गेटकी ५२ वर्षिया महिला असार १५ गते नियमित स्वास्थ्य जाँच गराउन काठमाडौँकै एक हस्पिटलमा गएको र असार १८ गते उनमा कोरोना पुष्टि भएको हो ।

यसैगरी, नेपालटारकी २६ वर्षिया महिला नुवाकोटबाट असार १४ गते काठमाडौँ आएकी थिइन् । उनको पनि असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, मनमैँजुकी २३ वर्षिया महिला काठमाडौँको ह्याम्स अस्पतालमा कार्यरत रहेको खुलेको छ । गोरखाबाट आएर १४ दिन होम क्वारेन्टिनमा बसेकी उनको असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि पनि तारकेश्वरकै दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले उपचाररत छन ।

तपाइँको प्रतिक्रिया ।