सुनगाभा महिला समुहको पहलमा बुढानिलकण्ठ- १० लाई स्सावास्माथ्ग्रीय हरु
कपन अनलाइन
काठमाडौं ,असार १५।
माइका नेपालको सहयोग तथा सुनगाभा महिला समुहको पहलमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० लाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको छ।
गैर सरकारी संस्था माइका नेपालको तर्फ बाट सहयोग गरिएको मास्क – १००० , स थर्मल गन -१ ,सार्बजनिक ठाउँमा हात धुनको लागि स्ट्याण्ड सहितको ५०० लिटरको टयाङकि, पिपिइ – ४ , स्यानिटाइजर-१०० वटा सुनगाभा महिला समुहकी अध्यक्ष लक्ष्मी खत्रीले वडा नं १० का अध्यक्ष नवराज भट्टराईलाई हस्तान्तरण गरेकी थिइन्।
सामाग्री ग्रहण गर्दै वडा अध्यक्ष भट्टराईले कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सो सहयोग निकै महत्वपूर्ण रहेको भन्दै सहयोगीहरुलाई धन्यवाद प्रदान गरेका थिए।
तपाइँको प्रतिक्रिया ।