लायन्स क्लब अफ काठमाडौँ दर्पणको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौँ दर्पणको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, असार १४ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको  लायन्स क्लब अफ काठमाडौँ  दर्पणको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कपन भिलेज रिसोर्ट (के भी आर) आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब अफ काठमाडौँ गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाडौँ दर्पणका कार्यसमिति पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन्।

लायन्स क्लब ३२५ ए वान जोन चियरपर्सन अच्युत बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त  कार्यक्रममा लायन सोमा खत्री,लायन मनोज सुवेदी, लायन गोकुल ढकाल, लायन विकास नगरकोटी  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम  पहिलो सत्रको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्ष १९/२० का प्रेसिडेन्ट लायन ठण्डराज ठकुरीले गरेका थिए  भने कार्यक्रम संचालन ) जोन चियरपर्सन लायन रामेश पराजुलीले  गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन मेनुका कोइराला  श्रेष्ठले झण्डाको अभिवादन बाचन  गरेकी थिइन्।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्ष १९/२० का प्रेसिडेन्ट लायन ठण्डराज ठकुरीले स्वागत मन्तब्य राख्दै क्लबले वर्ष२०१९/२० मा क्लबले गरेका कार्यक्रमहरुको बारेमा प्रकाश पारेका थिए।  उनले सेवाका कार्यहरु थुप्रै भएको र उनले माइ एल सी आइ एफ मा रिपोर्ट मात्र हर्दा ७५ वटा भन्दा बढी भईसकेको बताए।  उनले वर्ष १९/२० मा गभर्नरको थिम अनुसार  एक जना बिद्यार्थीलाइ छात्रवृत्ति दिने  योजना रहेको स्मरण गर्दै त्यतिखेर सबै लायन्स सदस्यहरुको सहयोगको कारण ४ जना बिद्यार्थीलाइ करिब ८० हजार बराबरको छात्रवृत्ति दिन सफल भएको जानकारी गराए उनले कोभिड १९को महामारीको समयमा  देश लकडाउन हुँदा समेत सामाजिक कार्य निरन्तर गरेको सबैलाई अवगतनै भएको बताए ।  उनले अहिलेको अवस्थामासामाजिक कार्यमा   लायन्स क्लब अफ काठमाडौं दर्पण काठमाडौं एरियामा पहिलो रहन सफल भएको पनि बताए ।

उने आगामी दिनमा पनि क्लबको नेतृत्व गर्ने लायन हरिकृष्ण पुडासैनीको कार्यकालमा पनि थप सशक्त ढंगले सेवाको कार्य गर्दै  एक जुट भएर लाग्नेछ भन्ने बिश्वास ब्यक्त गर्दै आफ्नो कार्यकालमा जस्तै क्लबलाइ सबैको साथ् र सहयोग रहेने बिश्वास ब्यक्त गरेका थिए । कार्यकाल भरी  आफुले सकेको साथ र सहयोग  प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सेवामुलक काम गरेर क्लबको  ख्याती लाइ झनै बढाएर लैजान अनुरोध गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।

लायन्स क्लब अफ काठमाडौं दर्पणका २०१९-२० का प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी ( राजन)ले वर्ष२०२०-२१ को लागि चुनिएका प्रेसिडेन्ट लायन  हरिकृष्ण पुडासैनीको  नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबले बर्षभरि गरिएको  काम सहितको खर्च बिवरण सार्वजनिक गरी क्लबको  हिसाब नयाँ कार्यसमितिका कोषाध्यक्षहरुलाई लाइ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा  लायन्स क्लब अफ काठमाडौं दर्पणका   वर्ष २०२० /२१ प्रेसिडेन्ट लायन हरिकृष्ण पुडासैनीले  पद स्वीकार गर्दै क्लबलाइ थप सेवाको कार्यमा अग्रसर बनाउने बताएका थिए। उनले वर्ष २०/२१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको थिम TEAM अनुसार काम गर्ने बताएका थिए। साथै आफ्नो कार्यकालमा क्लबलाई उत्कृष्ट बनाउनको लागि सबैको साथ र सहयोग आवश्यक रहेको पनि बताए ।

कार्यक्रममा  प्रमुख अतिथिको रुपमा बोल्दै जोन चियरपर्सन लायन अच्युत बिष्टले कोभिड १९ को महामारी संग जुद्दै सुरक्षित रुपले थप सेवाको कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको बताए।  उनले सेप्टेम्बर १०१८ मा१९ जना सदस्य सहित क्लब  खोलेको स्मरण गर्दै क्लब ३ वर्षमा प्रवेश गर्न लागेको बताउदै यो तीन बर्षको बिचमा क्लबले सेवाका कार्यहरु थुप्रै गरेको बताए। क्लब भित्र रहेको टीम मिलेको हुनाले धेरै सेवाको कार्य गर्न सफल भएको जहाँ २७ जना मेम्बर रहेको भन्दै आगामी दिनमा थप सशक्त ढंगले क्लब संचालन गर्नको लागि  शुभकामना दिएका थिए।

 

उनले लायन वर्ष २०२०/२१को सरुवात संगै क्लबले बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको हुँदा सो मा सक्रिय रुपमा सहभागी भइ कार्यक्रम सफल बनाउन समेत अनुरोध गरेका थिए ।  लायन्स क्लबले वृक्षारोपण रक्तदान  निशुल्क भोजन लगायतको कार्यक्रम समाबेश गरि लायन नया वर्ष मनाउने  भएको छ ।कार्यक्रममा लायन मनोज सुवेदीले धन्यबाद ज्ञापन गरेका थिए ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।