काठमाडौं क्षेत्र नं ५ (१) मा हरियाली प्रवर्धन अभियान

काठमाडौं क्षेत्र नं ५ (१) मा हरियाली प्रवर्धन अभियान

कपन अनलाइन

काठमाडौं ,असार १३।

वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकामा बृक्षरोपण सुरु भएको छ । शनिवार  सडकको दायाँबायाँ पेटीमा बृक्षरोपण गर्दै सुरुवात गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं  ५ प्रदेश निर्वाचन क्षेत्र  नं   १ को वडा नम्बर २, ४ र ५ को सडक पेटीमा वृक्षारोपण गरिनेछ ।

हरियाली प्रवर्द्धन उपभोक्ता समितिले कार्यक्रम आयोजना गरेको सो कार्यक्रम  प्रदेश सांसद नारायण सिलवालको पहलमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७६/७७ अन्तरगत काठमाडौँमा हरियाली प्रवर्धन गर्न यो योजना ल्याइएको हो ।

 

सो  वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य, नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य नारायण सिलवाल, प्रदेशसभा सदस्य सीता अधिकारी दाहाल, प्रदेशसभा सदस्य  दिपक निरौला, नेकपा केन्द्रीय सदस्य हिमाल शर्मा, संविधानसभा सदस्य रत्न गूरुड लगायतको सहभागिता रहेको  थियो ।

सामाजिक दुरी कायम गर्दै  काठमाडौँ २, ४ र ५ का वडाध्यक्षहरू राजेन्द्र श्रेष्ठ, मोहन विष्ट र रमेश डङ्गोलले पनि वृक्षारोपण गरेको सो कार्यक्रममा  वडा सदस्यहरुको पनि  उपस्थिति थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद सिलवालले बृक्षरोपण गरिएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागीलाई धन्यवाद व्यक्त गर्दै   काठमाडौँको सडक हरियाली बनाउने  योजना रहेको  बताएका  थिए  ।

तपाइँको प्रतिक्रिया ।