ओखलढुंगाका एक युवामा कोरोना संक्रमण देखियो

ओखलढुंगाका एक युवामा कोरोना संक्रमण देखियो

कपन अनलाइन

ओखलढुंगा , असार ७।

ओखलढुंगा । ओखलढुंगा जिल्लामा पनि पहिलोपटक एकजनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट लिखु गाउँपालिकामा आएका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको हो ।

पीसीआर परीक्षण गर्दा आज उनको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले ओखलढुंगाखबरलाई बताए । आज पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएको हो ।

कोरोना पोजेटिभ देखिएका युवा सुरक्षित तवरले  क्वारेन्टाइनमा रहेको बताइएको छ । उनी एक हप्ता अघि जिल्ला आएका हुन् ।

तपाइँको प्रतिक्रिया ।