सामाजिक संजालमा राखेको स्टाटसको विरोधमा बुढानिलकण्ठ -१ का स्थानीयको प्रदर्शन
कपन अनलाइन
काठमाडौं ,असार ६।
बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा बसोबास गर्ने एक व्यक्तिद्वारा सामाजिक सञ्जालमा राखिएको स्टाटसको विरोधमा स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन।
बुढानिलकण्ठ नगरपालिकाको वडा नं १ का कमल प्रसाद घिमिरेले बुनपा -१ बौद्धिक फोरम नाम रहेको फेसबुक ग्रुपमा राखेको फेसबुक स्टाटसका विरोध गर्दै स्थानीयहरु प्रहरी चौकी सम्म पुगेका थिए।
घिमिरेको फेसबुक स्टाटस :
केहि समय अघि सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरिँदा वडा कार्यालय अघि प्रदर्शन गर्दै जुलुसमा उत्रिएका स्थानीयहरुले माथिको स्टाटसको विरोध गर्दै महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ पुगेर स्टाटस लेख्ने व्यक्ति माथि कारवाही गर्नुपर्ने भन्दै नारा जुलुसमा उत्रिएका छन्।
वडा नं १ का जनप्रतिनिधि ,प्रहरी र स्टाटस लेख्ने व्यक्ति विच छलफल पश्चात उक्त व्यक्तिले माफि मागे पश्चात विवाद अन्त्य गरिएको थियो। शिक्षा क्षेत्रमा सक्रिय रहेका घिमिरेले आफुले कुनै दुरासय वा दुराग्रह राखेर स्टाटस नलेखेको बताउदै स्थानीयको विरोध पश्चात समस्या समाधानका लागि माफि मागेको बताएका छन। फोटो :बिएसजी न्युज