सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन
कपन अनलाइन
काठमाडौं ,असार ३।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको असार २ गते बिहान ३८ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन् ।
विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टर काठमाडौं बाट उनको जन्मस्थल लुक्ला लगिएको थियो ।
खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि हुन् ।
तपाइँको प्रतिक्रिया ।