कपन क्षेत्रमा डुवान समस्याको अल्पकालिन समाधानका लागि बाटोको लेभल मिलाउन शुरु
कपन अनलाइन
काठमाडौं ,असार २।
निरन्तर रुपमा कपन क्षेत्रमा डुवानको समस्या भए संगै त्यसको अल्पकालिन समाधानको खोजि गर्ने क्रममा साततले बाट सडकको माटो झिकेर गहिराउने काम शुरु गरिएको छ।
बुढानिलकण्ठ नगरपालिकाको वडा नं १० र काठमाडौं महानगरपालिका वडा नं ६ को सिमानामा रहेको साततले देखिको चौकी (गणेश मन्दिर) सम्मको क्षेत्र पहिलो चरणमा लेभल मिलाउने काम गरिने र बाँकि क्षेत्रमा पनि क्रमस सडकको लेभल मिलाउदै लैजाने सो कार्यको लागि बनाइएको समितिले जानकारी दिएको छ।
सानो पानी पर्दा समेत डुवानको पिडा भोग्दै आएका कपन क्षेत्रका जनतालाई पानीले दिएको पिडामा केहि राहतको मलम लगाउने प्रयास स्वरूप बुढानिलकण्ठ नगरपालिकाले सो प्रयास शुरु गरेता पनि त्यो अल्पकालीन समाधान मात्र हुन् सक्ने एक स्थानीयले बताएका छन।
साततले-आनीगुम्बा सम्म रहेको यज्ञमति र चखुंचा खोलाको स्वाभाविक बहावलाई असर पुग्ने गरि निर्माण भएका संरचना र त्यस क्षेत्रको ढल व्यवस्थापनका हालिएको ढलले पानीको बहाव थाम्न नसक्दा कपन क्षेत्रका जनताले कस्ट भोग्दै आएका छन।
सात तले -आरम्भ चोक -गणेश मन्दिर क्षेत्रको डुवान समस्या समाधानको पहलका लागि समिति गठन गरेरे वडा नं १० का सदस्य भुव प्रसाद रेग्मीको उपस्थितिमा सो क्षेत्रको सडकको लेभल मिलाउने काम अगाडी बढेको हो।
समितिको निर्णय :
समितिको बुढानिलकण्ठ नगरपालिका वडा नं १० लाई जानकारी गराइएको पत्र :
बुढानिलकण्ठ नगरपालिकाका वडा १० ,११ र १२ का विभिन्न क्षेत्रमा हुने गरेको डुवान समस्याको दिर्घकालिन सामाधान खोज्न ढिलो गर्नु नहुने भन्दै सामाजसेवी देवी रेग्मीले तत्कालका लागि अल्पकालिन समाधान खोजिएको बताएकी छन।
अहिले सडकको लेभल मिलाएर पानीको बहाव स्थानीयहरुको घर भित्र पस्न नदिने गरि अल्पकालीन व्यवस्थापन गरिएको र यसको दिर्घकालिन समस्या समाधानका लागि बृहत छलफल र सघन बहसको खाँचो रहेको समितिका एक सदस्यले बताएका छन ।