बागमती प्रदेस सरकारले “उद्यमीको हात प्रदेश सरकारको साथ” कार्यक्रम सञ्चालन गर्ने
कपन अनलाइन
काठमाडौं ,असार २।
बागमती प्रदेस सरकारले उद्यमीको हात प्रदेश सरकारको साथ कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेस सरकारले आर्थिक वर्ष २०७७ /७८ का लागि प्रस्तुत गरेको बजेटमा उद्योग क्षेत्र लक्षित विशेष योजनाहरु अगाडी सारेको छ।
प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश ढुंगेलले उद्योग क्षेत्रको विकासका लागि प्रस्तुत गरेका योजनाहरु :
१. कोभिड १९ का कारण उद्योग तथा पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरलाई व्यवस्थापन गर्न स्वास्थ्य सुरक्षा सुदृढ गरी नीजि क्षेत्रको सहकार्यमा अनुकुल वातावरण तयार गर्दै अवरुद्ध भएका घरेलु तथा साना उद्योगहरु तत्काल संचालनमा ल्याउन र नवउद्यमीहरुका लागि उद्यम र उद्योग स्थापना तथा संचालनका लागि उद्यमीको हात प्रदेश सरकारको साथ कार्यक्रम सञ्चालन गरिनेछ ।
२.आफ्नै श्रोत आफ्नै उद्यम भन्ने सोचका साथ कृषि, फलफुल, जडिवुटी, हस्तकला, वनमा आधारित घरेलु तथा साना उद्योगको संचालनमा सहयोग प्रोत्साहनका लागि प्रविधि हस्तान्तरण गर्न आवश्यक बजेट विनियोजन गरेको छु । प्रविधि हस्तान्तरण कार्यबाट ७३२ वटा उद्योगको स्तर पुँजीवृद्धि भई १४६४ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अनुमान गरिएको छ ।
३. प्रदेश भित्रका विपन्न तथा गरीब समुदायका महिला, दलित युवाहरुलाई स्वरोजगार वनाउन लघुउद्यमी संघको सहकार्यमा ४१० जना नयाँ उद्यमी श्रृजना र २७५ जना उद्यमीलाई स्त्तरोन्नतीका लागि रकमको व्यवस्था गरेको छु । रोजगारी तथा दक्ष औद्योगिक जनशक्ति उत्पादन गर्न प्रविधि सहितको प्राविधिक तालिमको व्यवस्था मिलाएको छु । प्रविधि सहितको प्राविधिक तालिमबाट २०० जना दिक्षीत भई रोजगारी प्राप्त गर्ने विश्वास लिएको छु ।
४. सिन्धुलीको हरिहरपुर गढी र मकवानपुरको मनहरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापनाको कार्य प्रारम्भ भएको छ । वातावरणीय अध्ययन र जग्गा प्राप्तिको प्रकृया तत्कालै पुरा गरी प्रदेश औद्योगिक क्षेत्र पूर्वाधार निर्माण प्रारम्भ गर्न बजेट विनियोजन गरेको छु ।
५. एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम अन्तरगत पहिचान भएका स्थानमा पाँच वटा उद्योग ग्रामको पुर्वाधार निर्माण गर्न र थप दश उद्योग ग्रामको सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र जग्गा प्राप्ती कार्य समेतका लागि ११ करोड रकम विनियोजन गरेको छु ।
६. जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयबाट वस्तु विकास तथा प्रशिक्षण कार्यक्रम ९रत्नपत्थर(धादिङ, ढाका बुनाई(नुवाकोट, काष्ठकला र धातुकला(ललितपुर, बाँस निगालो(सिन्धुली, हाते कागज(सिन्धुपाल्चोक, दोलखा० संचालन गर्ने व्यवस्था मिलाएको छु। यो कार्यक्रमबाट १०० जनाले व्यवसाय शुरुवात गर्ने अपेक्षा लिएको छु।
७. आफ्नै ठाँउ नभएका उद्यमीलाई एकै स्थानमा बसी उद्यम संचालन गर्न साझा सुविधा केन्द्र निर्माण र उद्यमीको उत्पादनको सहज विक्रीका लागि वजार घर निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरेको छु । यो कार्यक्रमबाट ३०० जना उद्यमीहरु उद्यम तथा उत्पादनमा सहभागी भइ स्वाबलम्बी हुनेछन । परम्परागत ज्ञान र सीपको संरक्षण, प्रवर्धन गर्न एवम् गरीब, विपन्न, महिला, दलित जस्ता समुदायले उत्पादन गरेका उपजहरुको उत्पादन तथा वजारीकरणमा टेवा पुर्याउन स्थानीय तहको सहकार्यमा सबै जिल्लामा कोशेली तथा घरेलु उपज विक्री केन्द्र स्थापनाका लागि रु ३ करोड विनियोजन गरेको छु ।
८. प्रदेश भित्र स्थापना गर्ने गरी कागज उद्योग र जडीवुटी प्रशोधन उद्योगको स्थापनाका लागि आर्थिक विश्लेषण र जग्गा प्राप्तीका लागि रकम व्यवस्था गरेको छु। चेपाङ्गका लागि चिउरी कार्यक्रम अन्तरगत चिउरी खेती र चेपाङ्ग समुदायको सहभागितामा चिउरी प्रशोधन उद्योग स्थापनाका लागि रकम व्यवस्था गरेको छु।