कागेश्वरी मनोहरा नगरपालिकाको असार १ गते आलापोट स्वास्थ्य केन्द्र र नगर अस्पताल मुलपानी बाट RT PCR Test गरिने:नगर प्रमुख कृष्णहरि थापा

कागेश्वरी मनोहरा नगरपालिकाको असार १ गते आलापोट स्वास्थ्य केन्द्र  र नगर अस्पताल मुलपानी बाट RT PCR Test गरिने:नगर प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं जेठ ३२। कागेश्वरी मनोहरा नगरपालिकामा एक घर एक ब्यक्ति पिसीआर आर डी टि गर्ने योजना अनुरुप जेठ २६ गते  देखि सो कार्यको सुरुवात गरेको छ ।  वडाको सिफारिसमा प्रत्येक हप्ताको सोमबार आरडीटी र शुक्रबार पीसीआर परीक्षण गरिने  निर्णय भए अनुसार गत सोमबार कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा आर डीटि परिक्षण गरिएको  थियो भने शुक्रबार पिसीआर परिक्षण गरिएको थियो।

यसै क्रममा  कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा बाट भोलि मिति २०७७ आषाढ १ गते नगरपालिका वडा नं. २ को आलापोट स्वास्थ्य केन्द्र र वडा नं. ६ मा रहेको मुलपानी नगर अस्पतालमा RT PCR Test  गर्न लागिएको नगर प्रमुख कृष्णहरि थापाले कपन अनलाइन लाइ जानकारी गराए ।उनका अनुसारवडा नं. १,२,३ र ४ को आलापोट स्वास्थ्य केन्दमा र वडा नं. ५,६,७,८ र ९ को मुलपानी नगर अस्पतालमा जानको लागी सम्बन्धित वडा बाट सिफारिस लिई PCR Test गर्न पनि अनुरोध गरेका छन  ।

नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको  जानकारी गराउदै संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको बताए ।बाहिरबाट आएका व्यक्तिको विवरण संकलन भइरहेको पनि नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए।

 

तपाइँको प्रतिक्रिया ।