कपन अनलाइन
काठमाडौं ,जेष्ठ २९ ।
काठमाडौं महानगरले जेष्ठ २८ गते बुधवार बाट आन्तरिक प्रशासनिक कामसुचारु गरेको छ । कोभिड — १९ महामारी नियन्त्रण गर्न गएको चैत ११ गतेदेखि सरकारले लकडाउन (बन्दाबन्दी) जारी गरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका थिए । यसरी रोकिएका कामलाई सामाजिक दुरी र स्वास्थ्य सुरक्षा उपाय अबलम्बन गर्दै सुचारु गरिएको प्रशासन बिभागका प्रमुख नमराज ढकालले जानकारी दिएका छन ।
प्रशासन बिभागले जेठ २७ गते सबै बिभाग, महाशाखा, शाखा, इकाइ आयोजना र वडा कार्यालयलाई पत्राचार गर्दै बन्दाबन्दीमा चलेको अत्यावश्यक सेवालाई निरन्तरता गर्न र आन्तरिक प्रशासनिक सेवा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
जेठ २५ गते बसेको कार्यपालिकाको ४७ औं बैठकले गरेको निर्णयलाई उधृत गर्दै पत्रमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग सम्बन्धि स्वीकृत मापदण्डको पालना गर्ने गरी सेवा सञ्चालन गर्न प्रशासन विभागले अनुरोध पनि गरेको छ ।
फोटो सौजन्य :काठमाडौं अनलाइन