बुढानिलकण्ठ -११ को रोहिंग्या बस्तीमा चेञ्ज एक्सन नेपालको राहत

बुढानिलकण्ठ -११ को रोहिंग्या बस्तीमा चेञ्ज एक्सन नेपालको राहत

कपन अनलाइन
काठमाडौं ,जेष्ठ २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको रोहिंग्या बस्तीमा चेञ्ज एक्सन नेपाल र स्वालो नेष्ट नेपालको सहयोगमा राहत वितरण गरिएको छ।

सो  बस्तीमा रहेका  १५० घरधुरीलाई प्रत्येक परिवारलाई २५ किलो चामल, ५ किलो दाल, एक लिटर तेल, एक केजी नुनको प्याकेज वडा नं ११ का  अध्यक्ष राजु अधिकारी, वडा सदस्य विनोद कुमार तामाङ्ग, समाजसेवी माधवलाल श्रेष्ठ लगायतको  उपस्थितिमा राहत वितरण गरिएको थियो।

साथै उक्त अवसरमा  रोहिंगा बस्ती  नजिक रहेका  सोही वडाका ज्यालामजदुरी गर्ने, गरिब, असाहय, असंगठित मजदुरहरुलाई पनि ७५ घर परिवारलाई पनि खाद्यान्न वितरण गरिएको थियो ।

रोहिंगा बस्तीमा राहत वितरण गर्न अघिल्लो पटक आउदा बस्ति वरपरका परिवारहरुको पनि समस्या  देखेकोले उनीहरुलाई सहयोग गर्नका लागि  यस पटकको राहत वितरणमा वरिपरीका परिवारहरुलाई पनि समेटेको चेञ्ज एक्सन नेपालीकीअध्यक्ष इन्दिरा घलेले जानकारी दिएकी छन।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नं ६ सरस्वतीनगरका १० घर परिवारलाई पनि गोल्डेन पिक हाई स्कुलको समन्वयमा राहत वितरण गरिएको थियो ।

कोरोनाको महामारीको कहरमा  उद्योग, कलकारखाना र रोजगारहरु सबै ठप्प भएको अवस्थामा खानाको लागि राहत प्रदान गर्नु सह्रानीय काम भएको भन्दै   राहत प्रदान गर्ने संस्था र सहयोगीहरुलाई  सरस्वतीनगरवासी कुमारी लामाले धन्यवाद दिएकी थिइन्  ।

यस कोरोनाको समय सामान्य अवस्था नभएकोले राहत वितरण गर्दा लिने र दिने व्यक्तिहरुविच सामाजिक दुरी कायम ,स्थानीय तह संग समन्वय गरि समुदायलाई सहयोग गर्न सकिने संयोजक सायरा कार्कीले  बताएकी छन।

तपाइँको प्रतिक्रिया ।