टोखा नगरपालिकाका दुई युवतीमा कोरोना संक्रमण

टोखा नगरपालिकाका दुई युवतीमा कोरोना संक्रमण

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २१।

काठमाण्डौको टोखामा दुई युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले काठमाण्डौमा थपिएका तीन नयाँ संक्रमितमध्ये दुईजना टोखा नगरपालिकाभित्रको भएको पुुष्टि गरेको छ ।

संक्रमित दुवैजना २७ वर्षिय युवती छन । उनिहरुको अवस्था अहिले सामान्य छ । आज थपिएका देशभरका दुई सय एक जना मध्ये काठमाण्डौमा तीनजनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको जानकारी दिएका छन ।

योसँगै नेपालमा संक्रमित संख्या २३०० पुगेको छ। तीमध्ये २७८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ। बुधबार कोरोना संक्रमित दोलखाका एक ७६ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो।

तपाइँको प्रतिक्रिया ।