कोरोना संक्रमित भेटीए पछि बुढानिलकण्ठ वडा नं १ र ३ मा उच्च सतर्कता

कोरोना संक्रमित भेटीए पछि बुढानिलकण्ठ वडा नं १ र ३ मा उच्च सतर्कता

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का ३७ वर्षीय एक व्यक्तिलाई कोरोना संक्रमण देखिए संगै वडा नं १ र ३ का केहि क्षेत्रमा  उच्च सतर्कता अपनाउदै  परिक्षणलाई अगाडी बढाइने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ को निलोपुल ,बुढानिलकण्ठ -मुहान पोखरी मार्ग ,मिलनचोक र वडा नं ३ को मन्दिर क्षेत्रमा बिहानै देखि प्रहरी परिचालन गरेर सिल गरिएको छ।

ति क्षेत्रमा रहेका पसल , ब्यवसाय र अन्य सेवाहरु पुर्ण रूपमा बन्द गर्दै अओ क्षेत्रमा हुने आवत जावत पनि बन्द गरिएको बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरिले जानकारी दिएका छ्न।

वडामा कोरोना संक्रमण देखिए पछि त्रसित बनेका वडावासीलाई संयम अपनाउन अनुरोध गर्दै वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले संक्रमण बाट बच्न घर भित्रै बसेर सहयोग गरिदिनका लागि आग्रह गरेका छन।

नगरवासीको सतर्कता सजगता र सावधानीले मात्र यो प्रकोपका विरुद्ध लडन सकिने भन्दै नगर प्रमुख उद्दव खरेलले प्रकोप विरुद्ध अग्रमोर्चामा सक्रिय रहेका व्यक्तित्वहरुको मनोवल उच्च बनाउनका लागि सबैले प्रयास गर्नुपर्ने बताएका छन।

संक्रमितको सम्पर्कमा आएकाकाको  विवरण संकलन शुरु गरिएको जानकारी दिदै प्रमुख खरेलले उनीहरुको परिक्षणलाई तीव्रता दिने बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।