कागेश्वरी मनोहरा नगरपालिका ५ स्थित व्यंजन पार्टी प्यालेस क्वारेन्टाइनको रुपमा तयार

कागेश्वरी मनोहरा नगरपालिका ५ स्थित व्यंजन पार्टी प्यालेस क्वारेन्टाइनको रुपमा तयार

कपन अनलाइन 

काठमाडौं जेठ १२। कागेश्वरी मनोहरा नगरपालिकामा रहेका पार्टी प्यालेसलाइ क्वारेन्टाइनका लागि संचालनमा ल्याइने भएको छ ।त्यी क्वारेन्टाइनका लागि संचालनमा  ल्याइएका पार्टी प्यालेस प्रयोग वापत न्युनतम भाडा दिने र त्यहा बस्नेलाई सोहि पार्टी प्यालेसले खाना नास्ता  खुवाउने सहमति भएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए।

 सोहि क्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ स्थित व्यंजन पार्टी प्यालेसलाइ क्वारेन्टाइनको रुपमा तयारी अवस्थामा राखिएको छ। व्यंजन पार्टी प्यालेसमा २० बेडको क्वारेन्टाइनका  रुपमा तयारी अवस्थामा राखिएको हो ।उक्त क्वारेन्टाइनको नगर प्रमुख कृष्णहरि थापा सहितको टोलीले अनुगमन गरेका थिए  ।

उनका अनुसार पार्टी प्यालेसले क्वारेन्टाइनमा बस्नेलाइ दिएको खाना, नास्ताको भुक्तानी नगरपालिकाले व्यहोर्ने गरि सहमति भएको पनि बताए। कोरोना संक्रमित थपियो भने    व्यवस्थापनमा चुनौती नहोस भनेर  नगरपालिकाले पार्टी प्यालेसलाइ क्वारेन्टाइनको रुपमा संचालन गर्न लागिएको नगर प्रमुख थापाले बताए।

तपाइँको प्रतिक्रिया ।