बुढानिलकण्ठ -१० का पसल तथा अत्यावस्यक सेवाहरु नियमित संचालनमा छन : नवराज भट्टराई (वडा अध्यक्ष )

बुढानिलकण्ठ -१० का पसल तथा अत्यावस्यक सेवाहरु नियमित संचालनमा छन : नवराज भट्टराई (वडा अध्यक्ष )

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले वडामा रहेका पसल तथा अन्य व्यवसायहरु  नगर कार्यपालिकाको बैशाख २७ गतेको निर्णय अनुसार नै संचालन नियमित संचालन भैरहेको बताएका छन।

वडा नं १० का  मिलनचोक तरकारी बजार ,ह्यान्डवल मैदान,वालुवाखानी चोक रुद्रमती चोक/भण्डारी गार्मेन्ट क्षेत्रमा मात्र पसल तथा अन्य सेवा बन्द गरिएको जानकारी दिदै अध्यक्ष भट्टराईले ति स्थानमा पनि आज देखि नियम अनुसार खुल्ला भएको बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा बस्दै आएकी सर्लाहीकी एक युवतीमा कोरोना संक्रमण देखिए संगै तेन्जिंग चोक  क्षेत्र शिल गरि अन्य क्षेत्रमा विशेष सतर्कता अपनाइने वडा नं १० ११ र १२ ले निर्णय गरेका थिए ।

त्यस पश्चात कपन क्षेत्रमा संक्रमित संग सम्पर्कमा आएका र तिन वडाका  १३१ जनाको RDT परिक्षण पश्चात सामाजिक दुरी कायम राखी रोक लगाइएका क्षेत्रमा व्यवसाय संचालन गर्न सकिने अध्यक्ष भट्टराईले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।