बुढानिलकण्ठ -१२ तेन्जिंग चोकमा कोरोना भएकी युवतीको सम्पर्कमा आउनेको स्वास्थ्य परिक्षण

बुढानिलकण्ठ -१२ तेन्जिंग चोकमा कोरोना भएकी युवतीको सम्पर्कमा आउनेको स्वास्थ्य परिक्षण

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ७।

बूढानीलकण्ठ नगरपालिका वडा नं.१२ तेन्जिङ चोकमा कोरोना संक्रमण देखिएकी युवतीको सम्पर्कमा आएका   ८ जनाको थ्रोट स्वाव संकलन  गरि जांच का लागि पठाईएको छ।

वैशाख ३० गते सर्लाहीको रामनगर -४ बाट काठमाडौं कपनको तेन्जिङ चोकमा आएका ५ जनाको कोरोना जाँच RT PCR परिक्षण गर्दा एक १८ वर्युषीय वतीमा  पोजेटिभ देखिए संगै उनको सम्पर्कमा आएका व्यक्तिहरुको परिक्षण गरिएको हो ।

 बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य शाखाको संजोजनमा  आएको स्वास्थ्यकर्मीको टोलिले त्यसै परिवारका ७ जना सदस्य र उनीहरुको  सम्पर्कमा आएकी एक महिला  गरि ८ जनाको कोरोना जाँचको लागि थ्रोट स्वाव संकलन गरेको हो । यसको रिपोर्ट ४८ घन्टामा आउने जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहालले जानकारी दिएका छन ।

 साथै हालसम्म सो  वडामा विदेशबाट आएका‌ १३ जना, उपत्यका बाहिरबाट आएका २६ जना गरी ३९ जनाको RDT परीक्षण गरिएकोमा सबै जनाको‌ नतिजा नेगेटिभ आएको छ ।  फोटो सौजन्य :आसिश गुरागाई

तपाइँको प्रतिक्रिया ।