थप तीन जनामा कोरोना संक्रमण पुष्टि

थप तीन जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं , जेष्ठ १।

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ।

तपाइँको प्रतिक्रिया ।