शंखडोल डोजो गोकर्णेश्वर ९ ले प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगीता आयोजना गर्ने

शंखडोल डोजो गोकर्णेश्वर ९ ले  प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगीता आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं बैशाख ३० । नेपालमा पनि यहीँ जेठ १ र २ गते प्रथम राष्ट्रव्यापी अनलाइन काता प्रतियोगिता आयोजना हुने भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित शंखडोल डोजोले आफ्नो वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम गर्न लागिएको हो  ।

पछिल्लो समय कोरोना भाइरसको बढ्दो प्रकोपसँगै खेलकुद गतिविधि रोकिएका छन्। यद्यपि विकल्पका रुपमा अनलाइनबाट खेल खेलाउने प्रचलन भने बढ्दै गएको छ । पछिल्लो समय विश्वमा चेस, तेक्वान्दोलगायतका खेलहरु अनलाइनबाट खेलाउन शुरु गरिएको छ।कराँतेको कातामा सहभागी हुने खेलाडीहरुले काताको भिडियो पठाउने र निर्णायकले भिडियोका आधारमा मूल्याङ्कन गर्ने गरी तयारी गरिएको  आयोजक शंखडोल डोजोले जनाएको छ। त्यस्तै प्रदर्शनको मूल्याङ्कन सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले गर्ने भएका छन।

शंखडोल डोजोका प्रमुख तथा राष्ट्रिय रेफ्री शिवराम करान्जितले खेलाडीहरु पछिल्लो समय फुर्सदमा रहेकाले प्रतियोगिता आयोजना गरेको बताए।’कोरोनाको बढदो संक्रमण र लकडाउनले खेलाडीहरु फुर्सदमा रहेका खेलाडीहरुलाई अलि क्रियाशील बनाउनका लागि अनलाइन काता प्रतियोगिता आयोजना गर्न लागिएको बताए। करान्जितले खेलाडीहरु सम्पर्कमा आइरहेकाले कति खेलाडी सहभागी हुने भन्ने निर्क्योल भइनसकेको जानकारी दिए।

तपाइँको प्रतिक्रिया ।