चम्पादेवी गाउँपालिकाको आकासमा अध्यक्ष नवराज केसीको प्याराग्लाइडिङ

चम्पादेवी गाउँपालिकाको आकासमा अध्यक्ष नवराज केसीको प्याराग्लाइडिङ

कपन अनलाइन 

ओखलढुंगा ,बैशाख २६।

चम्पादेवी गाउँ पालिका ओखलढुंगाका अध्यक्ष नवराज केसीले आज गाउँपालिकामा प्याराग्लाइडिङको  परिक्षण  उडान गरेका छन। देशमा चलेको लकडाउनको समयमा गाउँ फर्केका व्यवसायिक प्याराग्लाइडिङ प्रशिक्षक युवाहरुको सहयोगमा अध्यक्ष केसीले आफै परिक्षण उडान गरेका हुन्।

आफ्नो गाउँपालिकामा साहसिक पर्यटनको धेरै सम्भावना रहेको बुझेका केसीले यस मौकालाई उपयोग गर्दै पहिलो दिन वडा नं १ को मन्टू डाँडा बाट शिल्कु बेसी र वडा नं २ को नवलपुर जागिरे गाउँ बाट गाउँपालिकाका भवन रहेको ताप्के डाँडामा अवतरण गरेका थिए

त्यस्तै अर्को चरणमा गाउँपालिका कार्यलयको भवन बाट अन्य ६ वडामा पुग्दै पर्यटकीय सम्भावनाको खोजि गर्ने बताउदै अध्यक्ष केसीले यस पश्चात गाउँपालिकामा व्यवसायिक प्याराग्लाइडिङको योजना बनाउने बताएका छन।

परिक्षण उडानमा आफै पहिलो पटक जान डर लागें भन्ने कपन अनलाइनको प्रश्नमा अध्यक्ष केसीले आफै जोखिम मोलेर भए पनि साहसिक पर्यटनको विकास गर्ने पहल शुरु गरेको बताए।

अध्यक्ष केसीलाई विभिन्न वडाहरुको प्याराग्लाइडिङमा सयर गराउने पाइलट थिए लक डाउनमा घर फर्केका वडा नं २ का युवराज सुनुवार र यसको व्यवस्थापन गरेका गाउँ फर्केका युवाहरुले।

आफ्नै गाउँपालिकामा सम्भावना खोजेर पर्यटन प्रवर्धन गर्ने युवाहरुको पहलमा आफुले  सहयोग र सहभागिता जनाएको बताउदै अध्यक्ष केसीले  स्थानीय शिप र ज्ञानको उपयोग गरिने धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।