फ्रेन्डशिप युवा क्लव र नोभो हार्म रिडकसन् कम्युनिटीलाई कम्युनिटी केयर नेपालको सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख २५।
बुढानिलकण्ठ नगरपालिकाका विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको कम्युनिटी केयर नेपाल नामक सामाजिक संस्थाले नगरपालिकाका विभिन्न संस्थाहरुले संचालन गरेको निशुल्क भोजन अभियानलाई सहयोग गरेको छ।
सो संस्थाका सल्लाहकार तथा नेपाली कांग्रेस काठमाडौं ४ (२) का सभापति विनोद चालिसेले उक्त संस्थाका अध्यक्ष बिजेन्द्र श्रेष्ठको उपस्थितिमा फ्रेन्डशिप युवा क्लव र नोभो हार्म रिडकसन् कम्युनिटीलाई खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरिएको हो।
सो संस्थाले फ्रेन्डशिप युवा क्लव बुढानिलकण्ठ -१० लाई पीपीइ २ सेट,माक्स २०० पिस,चामल ४ बोरा,मस्यौरा १५ प्याकेट र नुन १० प्याकेट क्लवका अध्यक्ष आइते लामा (सानुभाइ ) लामा,उपाध्यक्ष सानोबाबु लामा र सचिव सुमन थापालाई हस्तान्तरण गरेको थियो।
त्यस्तै स्थानीयहरु बाट खाना संकलन गरेर भोको पेट रहेकाहरुलाई भोजन उपलव्ध गराउदै आएको नोभो हार्म रिडकसन् कम्युनिटीलाई चामल २ बोरा ,मास्क ५० पिसको साथमा खाना संकलन गर्ने ४०० पिस बट्टा सहयोग गरेको थियो।
उक्त अवसरमा सहयोगी संस्थाका सचिव शम्भु कार्की ,नोभो हार्म रिडकसन् कम्युनिटीका अध्यक्ष बिबेक अधिकारी सहित पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।