“खाद्यान्नका लागि रोजगारी” अभियान,राहतको ठाउँमा काम दिदै चाँगुनारायण नगरपालिका
कपन अनलाइन
भक्तपुर ,बैशाख २४।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले प्रकोपकाको समयमा राहत प्राप्त गर्ने विपन्न तथा दैनिक ज्यालादारी गर्ने व्यक्ति हरुलाई राहत को ठाउमा काम दिदै नविन प्रयासको शुरुवात गरेको छ।
उक्त नगरपालिकाले राहत माग्न आउने विपन्न परिवारलाई हप्तामा दुई दिन दैनिक ८१० रुपैयाका दरले काम उपलव्ध गराएको नगरपालिकाका प्रमुख सोम मिश्रले जानकारी दिएका छन।यस सम्बन्धमा अध्ययन पश्चात विस्तृत कार्यविधि निर्माण गरी वडा कार्यालयको संयोजनमा यस कामलाई अगाडी बढाउने निर्णय गरेको मिश्रले जानकारी दिएका छन।
अहिले उक्त काम नगरपालिकाका २,४,५,६,७,८,र ९ मा संचालन भैरहेको छ भने वडा नं १ र ३ मा पनि यो शुरु हुने क्रममा रहेको नगरपालिकाले जानकारी दिएको छ।
“खाद्यान्नका लागि रोजगारी” नाम दिएर शुरु गरिएको सो अभियानमा अहिले उत्साहजनक सहभागिता रहेको बताउदै नगरप्रमुख मिश्रले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।
अहिले धेरै जसो स्थानीय तहले राहत वितरण गरिरहेको सन्दर्भमा राहत लाई काम संग जोडेर उत्पादन मुलक रुपमा प्रकोप व्यवस्थापन गरिरहेको चाँगु नारायण नगरपालिकाको यो अभ्यास अन्य स्थानीय तहलाई पनि लाभदायक हुने देखिन्छ।
