कागेश्वरी मनोहरा नगरपालिकाको सनसिटि अपार्टमेन्टमा सबै जना सुरक्षित छन :नगरप्रमुख कृष्णहरि थापा

कागेश्वरी मनोहरा नगरपालिकाको सनसिटि अपार्टमेन्टमा सबै जना सुरक्षित छन :नगरप्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं, बैशाख २४ ।कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख कृष्णहरि थापाले सनसिटि अपार्टमेन्टमा पुन एक जना अस्पताल भर्ना भन्ने खबर झुटो रहेको बताएका छन ।उनले सामाजिक संजालमार्फत उक्त कुराको जानकारी गराएका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९मा रहेको सनसिटि अपार्टमेन्टमा २०७७ साल बैशाख २ गते पि सी आर पोजेटिभ देखिएको उक्त बिरामीलाई पुन परिक्षण गर्दा पी सी आर नेगेटिभ देखिएको र अस्पताल बाट २०७७ साल बैशाख ११ गते डिस्चार्ज भएको र हाल उनीहरु  अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनमा रहेको पनि जानकारी गराए । उनले उक्त अपार्टमेन्टमा रहेका सबै जना सुरक्षित रहेको पनि जानकारी गराए।

उनले केहि संचारमाध्यममा १ जनामा पिसिआर पोजेटिभ देखिएको बिरामी  पुन अस्पताल भर्ना भएको समाचार आएको र सो समाचार   झुटो रहेको बताउदै उनीहरुलाई आज बुधबार फलोअपको लागि पाटन अस्पतालले बोलाएको र  प्रत्येक हप्ता बोलाएर चेक गर्ने गरेको समेत स्पष्ट पारेका छन् ।

तपाइँको प्रतिक्रिया ।