गोकर्णेश्वर नगरपालिका ९ को निशुल्क भोजन अभियानलाइ शंखडोल प्रगतिशिल महिला समुहको सहयोग

गोकर्णेश्वर नगरपालिका ९ को  निशुल्क भोजन अभियानलाइ शंखडोल प्रगतिशिल महिला समुहको सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख २४। गोकर्णेश्वर नगरपालिकाका  बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ।त्यसै क्रममा गोकर्णेश्वर नगरपालिकाका वडा ९ आरुबारीमा  वडा संगको समन्वय तथा  विभिन्न् सहयोगी दाताहरु बाट संचालित निशुल्क भोजन अभियानलाइ शंखडोल प्रगतिशिल महिला समुहले आर्थिक सहित खाद्यान्न सहयोग गरेको छ ।

सोमबार बिहान आरुबारी स्थित अरुणोदय माध्यमिक बिद्यालयमा संचालित निशुल्क भोजन अभियानलाइ  नगद रु २२ हजार एक सय सहित खाद्यान्न सहयोग गरेको हो। वडा सदस्य तथा कार्यपालिका सदस्य समेत रहेकी  सत्यभामा श्रेष्ठको  संयोजनमा शिवपुरी तथा शंखडोल एरियाबाट संकलन भएका नगद तथा जिन्सी सामग्रीहरु नगर प्रमुख सन्तोष चालिसे, वडा अध्यक्ष राजिब थापा  नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल सहितको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

नगद २२ हजार एक सय सहित चामल ४ बोरा, तेल १ बाक्स, दाल ५ के.जी ,नुन ५ प्याकेट र चना १० के.जी लगायतको सामग्री हस्तान्तरण गरिएको थियो  ।त्यस्तै वडा सदस्य तथा कार्यपालिका सदस्य श सत्यभामा श्रेष्ठको संयोजनमा शिवपुरी तथा शंखडोल एरियाबाट  निम्न  ब्यक्ति बाट  नगद तथा जिन्सी सामग्रीहरु सहयोग गरेका वडा अध्यक्ष राजिब थापाले बताए
१.दावा लामा — २५००।
२.पासाङ शेर्पा— १५००।
३.प्रेम श्रेष्ठ— २ बोरा चामल + १० केजी दाल
४.भरत गुरुङ — १ थान सिलिन्डर
५.लक्ष्मी सुनुवार — ५ के जी दाल
६.शिव श्रेष्ठ — नुन २५ प्याकेट + ५ लिटर तेल
७.राजेन्द्र खड्गी— ५ के जी दाल
८.पुनु साई — १ बाकस तेल
९.लक्ष्मण श्रेष्ठ–२० केजी प्याज
१०.शिवपुरी मिट सप— ५ केजी दाल+ १ प्याकेट नुन
११.रामहरी श्रेष्ठ— २ बोरा चामल
१२.सोनाम घिसिङ –१५००।
१३.्प्रलभ सहकारी संस्था –१००००।
१४.केबि श्रेष्ठ — १ बोरा चामल
१५.नि डोमा शेर्पा– १ बोरा मस्यौरा
१६.सपना लामा( हेल्मु) — १ क्यारेट टमाटर
१७.टेक बहादुर कार्की— १ बोरा चामल
१८.गोरे मगर— नुन चामल
१९.धुर्ब केसी— १ बोरा चामल
२०.लाल कुमारी तामाङ— १ बाकस तेल
२१.राजु सुवेदी— ५ किलो दाल
२२.श्रीराज काफ्ले — १ सिलिन्डर ग्याँस
२३.पदम ब. मगर— १ बोरा चामल
२४.चर्च— १० केजी दाल
२५.दिजृ माया मगर— १ बोरा चमल
२६.पेमा निमा शेर्पा — १ बोरा चामल
२७.तिथमाया मगर — १ बोरा चामल
२८.तारा गुरुङ— १ बोरा चामल
२९.इन्द्र बहादुर तामाङ— १ बोरा चामल
३०.पासि शेर्पा—१ बोरा चामल
३१.भगवती कार्की — २१००।
३२. सुर्य लामा— ३०००।
३३.गोविन्द चापागाई- १ बोरा चामल

विषम परिस्थितिमा गरिएको सत्प्रयासमा हातेमालो गर्दै  बिभिन्न ब्यक्ति बाट प्राप्त सहयोग सामग्री  हस्तान्तरण गरिएको वडा सदस्य एबम कार्यपालिका सदस्य सत्यभामा बताइन  ।उनले आपतको बेलामा सबै जना एकजुट हुनुपर्नेमा जोड दिदै  सरकारले लकडाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा तयारी खाना खुवाउने अभियानको  प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताइन ।विषम परिस्थितिमा गरिएको सहयोगको लागि आयोजक संस्थाले धन्यवाद दिएको छ ।

तपाइँको प्रतिक्रिया ।