सिंहदरवार भित्रका छाडा कुकुरहरुलाई पशु शाखा बुढानिलकण्ठको खाना र दाना
कपन अनलाइन
काठमाडौं ,बैशाख २२।
नेपालको प्रसासनिक केन्द्र सिंहदरवार भित्र रहेका सडकमा अलपत्र छाडा कुकुरहरुलाई पशु शाखा बुढानिलकण्ठको पहलमा खाना र दाना दिने अभियान शुरु भएको छ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रशासकिय अधिकृत खड्ग ब. श्रेष्ठकाे सहयोग र क्याट सेन्टर( KATCenter) संगको सहकार्यमा शुरु भएको यो अभियान लकडाउन अवधि भर जारी रहनेछ।
उक्त कार्यमा रक्षा सचिब,पशु सेबा बिभागका महानिर्देशक ,स्वास्थ्य मन्त्रालयका डा.बरूण शर्मा ,डा.नवीन घिमिरे प्रहरि ,नेपाली सेना र परिसर भित्रका कर्मचारिहरूले उक्त कामको प्रसंशा गर्दै मद्दत गरेको पशु शाखा बुढानिलकण्ठ प्रमुख काजी बहादुर श्रेष्ठले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।