चम्पादेवी गाउँपालिकाका १५ विपन्न परिवारलाई द्वन्द पिडित खाध्य सामाग्री सहयोग

चम्पादेवी गाउँपालिकाका १५ विपन्न परिवारलाई द्वन्द पिडित खाध्य सामाग्री सहयोग
कपन अनलाइन 
काठमाडौं ,बैशाख २२।
ओखलढुगामा एक द्धोन्द्ध पीडित परिवारले विपन्न समुदायलाई राहत वितरण गरेको छ । दश वर्षे द्धोन्द्धका क्रममा पति गुमाएकी चम्पादेवी गाँउपालिका वडा नम्बर ६ की पदमकुमारी घिमिरे र उनका छोरा रमेश घिमिरेले आफ्नो वडाका  १५ विपन्न परिवारलाई ४० हजार बराबरको  खाद्य सामाग्री तथा हातधुने साबुन सहयोग गरेका थिए।
लकडाउनका कारण खाद्यन्न अभाव भएका परिवारलाई चम्पादेवी गाँउपालिका वडा नम्बर ६ को घोराखोरी, भदौरे, जल्किनी, डढुवा र डाँडागाँउका १५ विपन्न घरपरिवारलाई खाद्य सामाग्री र सरसफाईका लागि हातधुने साबुन उपलव्ध गराएको सहयोगी रमेश घिमिरेले जानकारी दिएका छन ।
कोरोनाको संकट सबै मिलेर सामना गर्नुपर्ने आवश्यकता रहेको अवस्थामा  उक्त स्थानका विपन्न परिवारलाई  सहयोग गरेको बताउदै उनले  प्रति परिवार १ बोरा चामल, १ केजिदान, १ प्याकेटखाने तेल, १ प्याकेट नुन र हातधुने साबुन एक एक वटाका दरले वितरण गरिएको जनाकारी दिएका छन।
वडा कार्यालयसँगको समन्वयमा घिमिरे परिवारले विपन्नलाई राहत दिएको बताउदै वडा अध्यक्ष तिलकबहादुर खड्काले विपद्का समयमा आफ्नो वडाका नागरिकलाई सहयोग गरेकोमा  धन्यवाद व्यक्त गरेका थिए।
ओखलढुंगा  जिल्लामा द्वन्द पीडित, श्रमिक, विपन्न र गरिबीको कारण देखाउँदै राहत माग्नेहरुको संख्या बढिरहेका बेला चम्पादेवीको घिमिरे परिवारले व्यक्तिगत लगानीमा विपन्नलाई राहत दिएर उदारता देखाएको चम्पादेवीका स्थानीय युवा समाजसेवी पदम बरालले बताएका छन।
 ‘अरु कतिपय द्वन्द  पीडितहरुलाई राहतको आवश्यकता रहेको अवस्थामा  समाजसेवी युवा रमेश र उनको आमाले नमुना योग्य काम गरेको उनको भनाइ रहेको थियो।
तपाइँको प्रतिक्रिया ।