बुढानिलकण्ठ नगरपालिका वडा न.२ मा नियमित खोप सेवा शुरु
कपन अनलाइन
काठमाडौं ,बैशाख २२ ।
बुढानिलकण्ठ नगरपालिका वडा न.२ मा नियमित खोप सेवा शुरु भएको छ ।कोरोना भाइरसको प्रकोपको कारण बन्द विभिन्न खोप सेवाहरु संचालनमा आएको बारे बुनपा-२ का वडा अध्यक्ष राजेन्द्र खडकाले जानकारी दिएका छन ।
चपली स्वास्थ चौकी महादेव खोलामा आज चैत्र २१ गते खोप सेवा प्रदान गरिएको हो भने चपली सामुदायिक भवन भंगालमा जेष्ठ २ गते र चपली स्वास्थ चौकी घुम्तीमा जेष्ठ ६ गते खोप सेवा प्रदान हुने समेत उनले जानकारीदिएका छन ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका अन्य वडाहरुले पनि सुचना प्रकासित गरेर खोप सेवा संचालन हुने जानकारी गराइसकेका छन।
तपाइँको प्रतिक्रिया ।