बुढानिलकण्ठ -१० का विपन्न परिवारलाई विभिन्न सामाजिक संस्थाको खाद्यान्न सहयोग

बुढानिलकण्ठ -१० का विपन्न परिवारलाई विभिन्न सामाजिक संस्थाको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख २१।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को विभिन्न क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। वडा नं १० को निखिलेश्वर क्षेत्रका २७ ,निलोपुल क्षेत्रका ४ र मिलनचोक क्षेत्रका २ परिवारलाई चामल ,दाल ,नुन र तेल लगायतका खाध्य सामाग्री सहयोग गरिएको हो।

Foundation Audrey Jacobs का संयोजक   र Himalayan Eye Project  का संस्थापक स्विटजरल्याण्डका नागरिक सेर्जी कुरात (Serge Currate)  मार्फत वडा नं १० का अध्यक्ष नवराज भट्टराईको उपस्थितिमा खाद्यान्न वितरण गरेका थिए।

टेक्सास कलेज तथा फल्स सिलिंगका निर्देशक नवराज चौलागाईको पहलमा ति संस्थाहरुले विपन्न परिवारलाई सहयोग गरेका थिए।राहत वितरण संगै वडा नं १० ले दैनिक १८ सय जना भन्दा बढीलाई निशुल्क भोजन व्यवस्थापन गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।