संखुवासभावासीको सहयोगमा सक्रिय “संखुवासभा – काठमान्डौं सेवा समाज”

संखुवासभावासीको सहयोगमा सक्रिय “संखुवासभा – काठमान्डौं सेवा समाज”

कपन अनलाइन

काठमाडौं ,बैशाख २०।

“संखुवासभा – काठमान्डौं सेवा समाज” ले संखुवासभा बाट काठमाण्डौ आएर बसेका विद्यार्थी,मजदुर र समस्यामा परेका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

बुधबार र बिहीबार दुई चरणमा गरिएको  २३९ परिवारलाई खाद्यान्न वितरण  संखुवासभाका संखुवासभाका १० वटा स्थानीय निकाय (५ नगरपालिका तथा ५ गाउँपालिक) लाई मध्यनजर राखेर समन्वय गरिएको थियो ।

यसै गरी दीर्घ रोगी हरुलाई उहाँहरूकै डेरामा लगेर खाद्यान्न उपलब्ध गराईएको थियो । संस्थाका अध्यक्ष जीवन राईका अनुसार यस राहत कार्यक्रमले लक डाउनका कारण के खाने भन्ने गुनासो बढेपछि, सबै विद्यार्थी,मजदुर र समस्यामा पर्नु भएका जिल्ला वासीलाई समेट्ने कोसिस गरिएको र कार्यक्रम निरन्तर रहने जानकारी दिएका छन।

राइले संकटको यस घडीमा हामी सबै मानवीय सेवामा जुट्नु पर्ने र हामी सबैको सहयोग अपरिहार्य भएको हुँदा सकेको सहयोग गर्न अपिल सगरेका छन  ।

त्यसै गरी संस्थाका सचिव तथा अनेरास्ववियुका केन्द्रिय सदस्य उत्तर बहादुर खड्काले पहिलो चरणको राहत वितरण कार्यक्रम चावहिल,कपन,जोरपाटी, मैतीदेवी, कोटेश्वर, कौशलटार , सातदोबाटो, कीर्तिपुर, कलङ्की र बालाजु आसपासको क्षेत्रमा गरीएको र अन्य क्षेत्रको समेत योजना गर्दै गरेको जानकारी दिएका छन।

यस अभियानको समन्वय गरी रहनु भएका विज्ञान दाहालले संकटको यस घडीमा समस्यामा परेका विद्यार्थी र मजदुर हरुमा खाद्यान्न पुर्याउन सबै सहयोगी मनहरु एकजुट हुनु पर्ने कुरा व्यक्त गरेका छन  । साथै सहयोगको यो शिलशिला निरन्तर रहने प्रतिबद्धता  व्यक्तगर्दै उनले सहयोगी सबैलाई धन्यवाद दिएका छन ।

त्यस्तै संखुवासभा बाट काठमाडौं बिरामी भएर आउनु भएको २ जना मृगौला रोगी र अरु ४ जना विभिन्न रोगीलाई आवश्यक खाद्यान्न  डेरा मै लगेर उपलब्ध गराइएको समाजले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।