जनसेवामा सक्रिय सुरक्षाकर्मीलाई बुढानिलकण्ठ -५ को दैनिक खाजा
कपन अनलाइन
काठमाडौं ,बैशाख १९।
कोरोना प्रकोप (कोभिड १९ ) को प्रकोप संग पहिलो मोर्चामा रहेर जनताको सेवा गरिरहेका सुरक्षाकर्मीहरुका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं ५ ले दैनिक खाजाको व्यवस्था गरेको छ।
लकडाउन पालना,राहत वितरण,शान्ति सुरक्षा तथा आपतकालीन सेवामा सक्रिय रहेका बुढानिलकण्ठ प्रहरी प्रभाग अन्तर्गत डिउटीमा रहेका प्रहरीहरुका लागि दैनिक २० सेट वडा नं ५ ले उपलव्ध गराउदै आएको छ।
बैशाख १५ गते देखि नियमित रुपमा खाजा उपलव्ध गराउदै आएको वडा नं ५ का अध्यक्ष विजय तामांगले जनप्रतिनिधि ,स्वास्थ्यकर्मी संग संगै प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा अहोरात्र सक्रिय रहेका सुरक्षाकर्मीहरुलाई सहयोग गर्न पाउदा खुसि लागेको बताएका छन।
तपाइँको प्रतिक्रिया ।