काठमाडौं महानगरपालिका वडा नं ६ लाई नेकपा वडा -६ कमिटीको खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख १८।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) काठमाडौं महानगरपालिका वडा नं ६ कमिटीले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा सक्रिय वडा नं ६ समितिलाई खाद्यान्न सहयोग गरिएको छ।
कोरोना प्रकोप संग जुध्नका लागि वडा कार्यालयलेको राहत वितरणको अभियानमा सहयोग गर्नका लागि उक्त कमिटीले ५० वोरा चामल वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामालाई हस्तान्तरण गरिएको थियो।
काठमाडौं महानगरपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाले विषम परिस्थितिमा कमिटीले गरेको सहयोगका लागि धन्यवाद दिदै प्रकोप नियन्त्रणको अभियानमा वडावासीले गरेको सहयोगका लागि आभार प्रकट गरेका थिए।
नेकपा काठमाडौं महानगरपालिका वडा नं ६ कमिटीले महामारीको समयमा त्यस विरुद्ध लड्नका लागि सक्रिय रहेका सबै प्रति सम्मान प्रकट गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई उनीहरुको सक्रिय भूमिकाका लागि धन्यवाद दिएको थियो।