कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको लागि सबैको सहयोग आवश्यक :मकुन्द प्रसाद गजुरेल (वडा अध्यक्ष कागेश्वरी १ )

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको लागि सबैको सहयोग आवश्यक :मकुन्द प्रसाद गजुरेल (वडा अध्यक्ष कागेश्वरी १ )

कपन अनलाइन

काठमाडौं बैशाख १७ ।अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।

यसै क्रममा आफ्ना वडालाइ कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएका   कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष  मकुन्द प्रसाद गजुरेल बिहान देखि बेलुका अवेर सम्म  लकडाउनका कारण  वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएका छन ।न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका वडा अध्यक्ष  मकुन्द प्रसाद गजुरेल राहत वितरण  अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै वडा बासिलाइ  आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन।

त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनि दिन रात नभनी खटिरहेको छन । विदेश बाट भर्खरै फर्किएका हरुको अभिलेख तयार गर्ने देखि  लिएर उनीहरुको कोरोना परिक्षणको लागि सम्म समन्वयकारी भूमिका खेलेका गजुरेल हाल वडामा सहयोगी दाताहरुको सहयोगमा दैनिक ज्याला गरि खाने श्रमिकहरुको लागि निशुल्क खाना खुवाउने अभियानमा दरिलो अविभावकत्व प्रदान गरेका छन।  वडाको एउटा स्थानमा सुरक्षित तवरले बनाएको भोजन ५ ठाउ बाट वितरण गरिएको भोजन बाट दैनिक सात सय भन्दा बढी लाभान्वित भएको बताए  उनले वडा बाट करिब २ सय बिपन्न दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई राहत प्रदान गरिएको पनि बताए ।

कोरोना संक्रमण न्यूनीकरणको लागि किटनाशक औषधी छर्कने कार्यमा होस् या सामाजिक दुरी कायम गर्दै निश्चित समयमा  पसल खुलाउन र हात धुने व्यवस्थापनको लागि आफै अग्रसर भएका उनले आफ्नो गाउ फर्कन टाढा टाढा हिडेकाहरुलाई गाउ सम्म पुर्याउन समन्वयकारी भूमिका खेल्दै आएका छन ।विपदमा जनताको सेवा गर्ने  गहन दायित्व  बोकेको उनले संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध  गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध गरेका छन ।केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरे देखि  आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारोलाइ समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको बताउने  उनले वडा बासीलाई घरमै बस्न अनुरोध समेत गरेका छन ।

उनले वडामा लक डाउनलाइ प्रभावकारी बनाउनको लागि १३ जना स्वयं सेवक परिचालन गर्नु को साथै  थप ब्यक्तिहरु निस्वार्थ रुपमा स्वयं सेवकको रुपले इक्छाले सहयोग गरिरहेको बताउदै उनीहरुलाई धन्यवाद दिएका छन ।गहु कुट्न थ्रेसर मेसिन व्यवस्था गर्न लागिएको जानकारी दिदै अध्यक्ष गजुरेलले उवडामा कुनै पनि समस्या भएको खण्डमा जनप्रतिनिधिहरुलाई खबर गर्न पनि अनुरोध पनि  गरेका छन । उनले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको लागि सबैको सहयोग आवश्यक रहेको पनि बताए ।

 

तपाइँको प्रतिक्रिया ।