बन्दाबन्दीको कहरमा बालबालिका र अभिभावकको उत्तरदायित्व

बन्दाबन्दीको कहरमा बालबालिका र अभिभावकको उत्तरदायित्व

कपन अनलाइन 

काठमाडौं ,बैशाख १६ /दामोदर अर्याल
विश्वभर माहामारीको रुपमा लिएको कोरोना भाइरसबाट बच्नको लागि गरिएको बन्दाबन्दीको कारण घरमै लामो समय बिताउँदा बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास परेको हुनसक्छ । उस्तो त्रासदीबाट बालबालिकाहरुलाई जोगाउनु अत्यन्त जरुरी हुन्छ । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मक रुपमा व्यस्त बनाउने भन्ने आम अभिभावकहरुमा चासोको विषय बनेको छ । कोरोना भाइरसका बिश्वव्यापी सङ्क्रमण बारे जे यथार्थ,सत्यरतथ्य छ त्यो बालबालिकाहरुलाई भनिदिने र आधिकारिक नभएका सञ्चार माध्यममा आउने अनावश्यक समाचार र अफवाहबाट बालबालिकाहरुलाई जोगाउनु पर्छ ।

स्वभावैले बालबालिकाहरु चन्चले, छुकछुके र उत्सुकताका साथनयाँ कुरा जान्ने जिज्ञासु हुन्छन् । यस्तो अवस्थामा अभिभावकहरुले उनीहरुलाई गम्भीरताका साथ कुरा बुझाएर आफ्नो नियन्त्रणमा राख्न सक्छन् । अभिभावकहरु बालबालिकाको उक्त जिज्ञासालाई तनाव सम्झने र चर्को स्वरमा उनीहरुलाई हप्काउने पनि गरेको पाईन्छ । बालमस्तिष्कनयाँ कुरा जान्ने र बुझ्ने कृयामा लागेको हुन्छ । घरमै लामो समय बिताउँदा बालबालिकाका पर्ने परिवेशमा के के कुराहरु गर्न हुन्छ र के के कुरा गर्न हुदैन भन्ने उसलाई ज्ञान हुदैन ।

बिषम परिस्थितिको बारेमा बोध गराउने र सम्झाउने दायित्व अभिभावकको नै हो । यो बिषम परिस्थीतिको बारेमा सम्झाउदै नसम्झाई बालबालिका प्रति झर्कनु, चिच्याउनु कत्तिको कुशल अभिभावकको दायित्वहो । अभिभावकले आफ्ना कुरा लादेर बालबालिकाको मष्तिस्कलाई नियन्त्रणमा राख्नउपयुक्तहुदैन । लामो समय एकान्तमा बस्दा वामहामारीका समयमा मानिसमा तनावहुने, बाहिर जान नपाउने हुँदा डर लाग्ने, आत्तिने, छटपटी हुने हुनु स्वभाविक भएकाले आफूलाई व्यस्त बनाएर दिमागलाई ठीक ठाउँमा राख्ने वातावरण सिर्जना गर्दै सिंगो परिवार प्रति नै नकारात्मक धारणा बढ्दै जाननदिन साबधानीअपनाउनु पनि अभिभावकको दायित्व हो ।

बिश्वभरमा फैलँदै गएको यो महामारीबाट आफू पनिबाँच्न र अरुलाई पनिबचाउँन सुरक्षित तबरले आफ्नो मानसिक हिसाबले आफ्नो मन बलियो बनाउनु पर्ने मननगर्दै बालबालिकाहरुलाई बिशेष ध्यानदिनु पर्दछ । समय परिस्थितिअनुसार घरभित्रै रहेर गर्न सकिने सामान्य शारीरिक व्यायम, योग, ध्यान, सरसफाई, अनुभव आदानप्रदान, अध्ययन, गित–संगित, भजन, प्रबचन आदिबाट आफू र आफ्नो परिवारलाई सबैले सुरक्षितहुने, श्रृजनशीलकार्यमा लगाउने गर्नु पर्दछ ।

हामीले बालबालिकालाई कुनै रचनात्मक काम गरेर समय बिताउने,समूह मै सहभागी गराएर खेलाउने गर्न पनि गर्न सकिन्छ । सुत्ने, खाने, खेल्ने, मनोरञ्जन गर्ने, योग गर्ने समय नियमिततर्जुमा गरी व्यस्तबनाउने, विद्युतीय सामग्री र सामाजिक सञ्जालमा धेरै नझुल्न बरु पिनायो,मादल लगायतका बाध्यबादनको सामग्री बजाउन सिकाउने,लगाउने,लुडो, चेस पनि खेलेर समय बिताउन सकिन्छ ।
सामाजिक सञ्जालमा महामारीका समयमा बालबालिकाको दिमागमा असर हुने खालका सामाग्री तथा समाचार आइरहने हुँदा त्यस्तोबाट टाढा रहनआग्रहगर्दै बालबालिकालाई नियमित सिर्जनशील बनाउनअभिभावकले ध्यानदिनु जरुरी हुन्छ । यो समयमा पारिवारिक मिलन, सन्तुलन र एक आपसमा माया ममता बाँडीचुँडी गर्दै सम्यमताका साथ रमाईलो संग बस्यौं भने कोरोनाको संक्रमणबाट बाँच्न र बचाउनमात्रै होईन अहिलेसम्म सबै परिवार मिलेर नगरेका अन्य धेरै किसिमका कामहरु गरी फरक पारिवारिक जीवनशैली र संस्कारबाट अघि बढ्ने अवसरको रुपमापनिलिने गर्नु पर्दछ ।

आफुले पठनपाठन गर्ने विद्यालय बन्दभएको कारणले घरमा बस्न बाध्यबालबालिकाहरुलाई सिर्जनशील बनाउने वा झर्केर उनीहरुलाई मनोसामाजिक समस्यामापार्ने अभिभावक बन्ने रोजाई स्वयम् अभिभावकको हो भन्ने कुरा हेक्का राख्नुपर्दछ । असहज परिस्थितिमा कसरी सकारात्मक अभिभाक बन्न सकिन्छ भन्ने थाहानभएको अवस्थामा अधिकांस अभिभावकहरु नचाँहदा नचाँहदै,नजान्दा नजान्दै आफ्ना बालबालिकालाई पीडा पुराईरहेका हुन सक्छौं यस्तो बिषम परिस्थितिमा हरेक अभिभावकले आफ्ना बालबालिकाहरु कहाँ के गर्दै छन् भन्ने बारेमा चनाखो हुनु पनि पारिवारिक बोध तथा अभिभावकत्व हो ।

कोरोनाले मानव जीवनमा पारेको नकारात्मक असरको समाचार सुनि बालबालिकाकै सामुन्ने आत्तिने, नराम्रा शब्दहरु प्रयोग गर्ने,ओहो अब त खत्तमहुने भो जस्ता नकारात्मक र निराशाजनक शब्दहरु बालबालिकाको सामु प्रयोग गर्नाले मनोसामाजिक समस्या हुनबाट पनि सक्छ त्यसैले अभिभावकहरुले बालबालिकालाई सकारात्मक कुराहरुको बारेमा बताउने गर्नुपर्दछ ।

साबुनपानीले राम्रोसँग हातधुने, सेनिटाईजर,डेटोलको प्रयोग, सफा कपडा लगाउने, नङकाट्ने, नियमित ब्रस गर्ने, नुहाउने, आदि कुराहरुको साथै व्यक्तिगत र पारिवारिक सरसफाईले मानव जीवनमा नकारात्मक असर पार्ने कोरोना लगायतको भाईरस,किटाणु र जीवाणुबाट जोगिन सकिन्छ भन्ने बोध गराउनु पनि अभिभावकको दायित्व हो ।
शरिरीक अवस्था र उमेरका आधारमा प्रसस्त पानी,पोषणयुक्त,हरियो तरकारी,साग, दुध र घरायसी खाजाको महत्व र पोषणयुक्त व्यवस्थित खानपानले मानव जीवनमापार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा बालबालिकालाई बोध गराई रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्य भएर बाँच्न पोषिलो र सन्तुलित खानाको महत्वपूर्ण योगदानहुने बारे बालबालिकालाई पनिअभिभावकको दायित्वहो ।

बाल अधिकारका पक्षहरु शारीरिक विकास,मानसिक विकास, बौद्धिक विकास र संवेगात्मक विकास हुने खालका खेलहरु मित्रवत व्यवहार गरी रमाईलो गर्ने पाउने अधिकारहरुलाई पनि ध्यानदिनु पर्ने हुन्छ । आफ्ना बालबालिकाका धेरै कुराहरु रुची, जिज्ञासा, मनोभावनाबुझ्ने र नजिकहुनु संगै खेल खेल्दा उनीहरुका मन भित्रका कुरा बुझ्न सकिने र उनीहरुलाई हौसला पनि दिन सकिन्छ भन्ने कुरा अभिभावकले सदैब ख्याल गर्नु पर्दछ ।

कुशल अभिभावकले आफ्ना बालबालिकाहरु संगै बसि कुन बेला पढ्ने, कुन बेलाआफ्ना साथीहरु सँग नेटमा वाफोनमा कुरा गर्ने, कुन बेलाखाने, कुन बेला खेल्ने, कुन बेलाकथाभन्ने र सुन्ने, कुन बेला रचनात्मक कृयाकलापहरु जस्तै नाँच्ने, गाउने, चित्रकला, कविता, लेख, रचना, कथा बनाउने लगायतका कुराहरु समावेश गरी उनीहरुकै सहभागितामा दैनिकी बनाउन प्रयास गर्न गर्नुपर्दछ ।

अभिभावक नै बालबालिकाको पहिलो साथीहुन् भन्ने बालबालिकालाई बोध गराउनु पर्ने समेत हुन्छ । बाल मनोविज्ञानमा पनि बालबालिकाको मनको कुरा बुझ्न अभिभावकले पनि बालबालिकाले झै व्यबहार गर्नुपर्दछ । बालबालिकालाई मनपर्ने सिप सिकाउने र बालबालिकालाई उचित रुपमा सामाजिकिकरण गर्नु अभिभावकको अर्को महत्वपूर्ण  उत्तरदायित्व हुन्छ ।

बालबालिकालाई सिर्जनात्मक र स्वाबलम्बीबनाउन,उनीहरुलाई नैतिकवान र व्यवहारिक बनाउनका लागि आफू सँगसंगै घरका सामान्य भान्साको काम चिया पकाउने, दुध उमाल्ने, तरकारी काट्ने, खाना बनाउने, करेसाबारीको काममा लगाएर पनि बालबालिकाहरुलाई जोखिम हुनबाट जोगाउन सकिन्छ ।

शारीरिक र मानसिक रुपमा स्वास्थ्य हुन व्यायाम आवश्यक हुन्छ भन्ने बारेमा अभिभावकले उनीहरुलाई बोध गराउदै दैनिकी बनाउँदा यसलाई समेत अभिभावकले विशेष ध्यानदिन जरुरी हुन्छ । बालबालिकासँग बढी घुलमिल भई उनीहरुको विचार, ईच्छा र आवश्यकताको आधारमा सघाउन सकिन्छ ।

टिभी हेर्ने र मोबाईलमा गेम खेलेर एक्लोपन महसुस गरिरहेका बालबालिकाको लागि शारीरिक व्यायाम र योग गर्ने गर्नाले उनीहरुमा स्फुर्ति पैदा भई संयम, सालिन र आटिलो व्यक्तित्व बन्न उत्प्रेरणा दिने साथै बालबालिका सँग नजिकमा रहेर अहिले बालबालिकाहरु रुचाउने र अधिकाशं समय बिताउने संचार माध्यमहरु अनलाईन र ईन्टरनेटबाट हुने संम्भावित जोखिमको बारेमा समेत जानकारी गराई जोगाउन सकिन्छ ।

दिनभर बालबालिकाहरुलाई एक्लै नछाडने,सकेसम्म पाको मान्छेसँगै राख्ने,बरु, खेत बारी वाबाहिर जाँदाआफ्नो बालबालिकाहरूलाई सँगै लिएर जाने,बालबालिकालाई समय दिने,सँगै खेल्ने बालबालिकालाई घरमा मातृ भाषामाबोल्न सिकाउने गरेर पनबिालबालिकाहरुलाई जोखिमबाट जोगाउन सकिन्छ ।

बालबालिकाले गरेकाकामहरुमाहौसलादिने, प्रशंसा गर्ने, आहाकति राम्रो भन्ने जस्ता उत्प्रेरणा जगाउदै जानुपनि सकारात्मक   अभिभावकको भूमिकाहो ।

बालबालिकामापर्न सक्ने समस्या र जटिलताको अन्त्यको लागि हरेक अभिभावकले आफ्ना बालबालिका सँग भावनात्मक रुपमा नजिक हुनै पर्दछ । उनीहरुले वास्तविक समस्या थाहा नपाएको अवस्थामा हामीअभिभावक उनीहरुबाट भावनात्मक रुपमा टाढा हुन पुग्छौं । उनीहरुलाई माया गरेर सम्झाउन र बुझाउन सकिन्छ भन्ने भावना लिनुपर्दछ र यसो गर्न सक्नु पारिवारिक सकारात्मक उत्तरदायित्व र अभिभावकत्व हो ।

साभार :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।