ज्वालामुखी-१ मा कोरोना प्रकोप नियन्त्रण र रोकथामको सम्पूर्ण तयारी गरेका छौ :राम प्रसाद शिलवाल (अध्यक्ष )
कपन अनलाइन
काठमाडौं ,बैशाख ११।
कोरोना भाइरसको माहामारीमा छटपटीएरहेको केन्द्र देखि स्थानिय सरकार आफ्ना नागरीकलाई सुरक्षित राख्न बिभिन्न प्रकारको योजना बनाई कार्यान्वयन गरिरहेका छन् । यसै क्रममा कपन अनलाइनका बामदेव भट्टले ज्वालामुखी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष राम प्रसाद शिलवाल संग गरीएको कुराकानी प्रस्तुत गरीएको छ।
कपन अनलाइन :कोरोनाको महामारिमा कसरी वडाबासीलाई सुरक्षित राख्ने प्रयास गर्नुभएको छ ?
राम प्रसाद शिलवाल: हामी गाउँपालीकाको सिंगो जनप्रतिनिधिको टिम आफ्ना जनतालाइ कोरोना भाइरस बाट जोगाउन लागिपरेका छौं । यसमा गाउँपालीकाका अध्यक्ष , उपाध्यक्ष, वडा अध्यक्षहरु र सदस्यहरु रातदिन खटिरहेका छौं ।
सुरुमा हामिले जनतालाइ सचेतना जगाउने काम गरिएको छ।
मेरो वडामा रहेका ८७२ घर धूरी र सबै चोकमा कोरोना भाइरस बाट जोगाउने शब्दहरु लेखिएका ब्यानरहरु राखी माइकिंग गरी गाउँलेलाइ सचेत गराएका छौ। चोकचोकमा साबुनपानीले हातधुने तरीका सिकाउदै सामाजिक दूरी कायम गरी आफ्नो दैनिकी संचालन गर्न अपिल गरेका छौ। त्यस्तै छिमेकि वडा , छिमेकी गाउँपालिका र गोर्खा जिल्लाका जनप्रतिनिधीहरु संग पनी कोरोना भाइरस बाट नागरीकलाई सुरक्षीत राख्ने बिषयमा छलफल गरिएको छ ।
कपन अनलाइन : कोरोना संक्रमणको परिक्षण कसरी गरिरहनु भएको छ ?
राम प्रसाद शिलवाल: हाम्रो वडा भित्र रहेका नागरिकलाई जुनसुकै समयमा उनीहरुको घरैमा गएर परिक्षण गर्ने ब्यबस्था गर्दै गाउँपालीका भित्र स्वास्थ्य चौंकीमा चौंबिसै घण्टा सेवा तयारी अबस्थामा राखेका छौं। बिदेश बाट आउनु भएका महानूभावहरुको खोजिगरी उहाँहरुको पनी परिक्षण गरिएको छ।बिदेश बाट आउनु भएका १५ जना महानुभाबहरुको परिक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको छ।
हामीले हाम्रो गाउँपालिकामा दुई ठाउँमा क्यरेन्टाइनको व्यवस्था गरेका छौं । एउटा सुनखानी मावीमा ३५ जना क्षमता भएको अर्को संस्कृति मावीमा ४० क्षमता भएको क्वारेन्टाइन तयार पारिएको छ।
कपन अनलाइन : यो प्रक्रियामा स्थानिय बासिन्दा,युबा र समाजका अगुवाहरुको कस्तो सहयोग पाउनु भएको छ?
राम प्रसाद शिलवाल:यो वडामा रहनु भएका सुरक्षाकर्मी, स्वस्थ्याकर्मी, वुद्धिजिवि सबै सक्रिय हुनुहुन्छ ।त्यस्तै युवाहरु, महिला समूह , आमा समुहको सहयोग सराहनीय छ । तर यो गाउँको चेतना छर्ने शिक्षकहरुहरुको भुमिका निस्क्रिय रहेको मैले महसुस गरेको छु । उहाँहरु अलि सक्रिय भईदिदा नागरीकलाई चेतना जगाउनअझैं सजिलो हुने महसुस गरेको छु।
कपन अनलाइन :घरमा खानेकुराको समस्या भयो भन्ने कुनै जानकारी आएको छ ?
राम प्रसाद शिलवाल:
मेरो वडा कृषिमै आत्मनिर्भर भएका नागरिक बसोबास गर्ने भएकोले अहिले सम्म त्येस्तो खबरआएको छैन। तर हामी त्यसको पनी तयारी गरिरहेका छौं । लकडाउन बढ्देै जादा घरको अन्न सकिन्छ तथा कमाउन जाने मान्छे घरमा छन् अब के गर्ने ? भन्ने कुरा आइरहेको छ । गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा भएको रकम बाट घटाघटमा दैनीक उपभोग्य सामान खरिद गरी परिवार संख्या र आवस्यकताको आधारमा हामी राहात बितरण गर्नेछौ।
कपन अनलाइन :गाउँमा खेतिपातीको समय भयो त्यसको तयारी कस्तो गर्नुभएको छ ?
राम प्रसाद शिलवाल:
खेतिपातीको कामत गर्नै पर्योनी !अहिले खेति गरेर वर्षदिन खानुपर्छ त्यसैले सामाजिकदुरि कायम गरी धेरै मानीस जम्मा नभइकन खेतीपाती गरिरहेको छ ।हामीले गर्दैआएको मेलापर्म जस्ता मानिस जमघट हुने काम गर्नु भएन । आफ्नो परिवारमा सिमीतभएर आफ्नो खेतबारीमाकामगर्दा हुन्छ ।
कपन अनलाइन :अन्तमा वडाबासीलाई भन्नुपर्नै केहि छ ?
राम प्रसाद शिलवाल:वडाका कुनै परिवारमा बिरामि भएको वा खान नपाएको अबस्था छ भने हामीलाइ खबर गर्न आग्रह गर्न चाहान्छु।
त्यस्तै सुत्केरीलाई अस्पताल सम्म पुग्ने ब्यबस्था मिलाएका छौ। नियमित औंषधी सेबन गर्नुहुने मानुभाबहरुलाई औंषधी लिनजाने व्यवस्था वडाले मिलाएको छ।
म वडावासी दाजुभाई, दिदीबहिनीहरुलाई घर बाट बाहिर ननिस्कन र निस्कनु परेमा सामाजिक दुरि कायम राख्दै अप्ठ्यारो परेमा जनप्रतीनीधीलाइ सम्पर्क गर्न अनुरोध गर्दछौ।
जनप्रतिनिधीहरु , स्थानिय युवाहरु, सुरक्षाकर्मी, स्वास्थ्याकर्मीको उच्च सम्मान गर्दै शिक्षक मित्रहरुलाई सचेतना जगाउने काममा अलि सक्रिय हुन अनुरोध गर्कुदै नै अप्ठ्यारो परेमा जनप्रतीनीधीलाई सम्पर्क गर्न आग्रह गर्न चाहान्छु।