बुढानिलकण्ठका नगरवासीलाई भोको रहन दिने छैनौ :प्रमुख उद्दव प्रसाद खरेल

बुढानिलकण्ठका नगरवासीलाई भोको रहन दिने छैनौ :प्रमुख उद्दव प्रसाद खरेल

कपन अनलाइन

काठमाडौं बैशाख ९  ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) नेपालमा पनि देखा परि सकेको छ । कोरोना भाईरसको औषधी हाल सम्म पत्ता लागी सकेको छैन । यस रोगबाट बच्ने उत्तम उपाय भनेको घर भित्रै बस्ने हो । नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रणको लागी लक डाउन जारी गरेको छ ।

यस अन्तराष्ट्रिय संकटको घडीमा लक डाउनको पुर्णरुपमा पालना गरि कोरोना भाईरसको संक्रमण नियन्त्रणमा नागरिकले आफ्नो दायित्व  निर्वाह गर्न  बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्दब खरेलले सबैलाई अनुरोध गरेका छन्।

खरेलले नगरबासीको सुरक्षाको लागी बुढानिलकण्ठ नगरपालिका अन्यन्तै संबेदशिल रहेको जानकारी गराउदै नगरपालिकामा हाल सम्म कुनै पनि कोरोना संक्रमित नभेटिएको जानकारी दिए   ।

कोभिड–१९ को सम्भावित जोखिमबाट नगरबासीलाई सुरक्षित राख्न नगरपालिकाले स्वास्थ्य सामाग्री, ज्वरो नाप्ने थर्मोगन र औषधीको पर्याप्त व्यवस्था गरेको जानकारी गराउदै

नगरपालिकाले चौंबिसै घण्टा आवश्यक सामान सहित स्वास्थ्यकर्मी तयारी अबस्थामा राखेको र  बिदेश बाट अउनुभएको महानूभाबहरुको खोजिगरी  परिक्षण गरिएको बताए  । उनले  कोरोनाको संक्रमण भित्रिन नदिन उच्च सर्तकता नगरपालिकाले अपनाएको बताए ।

उनले नगरवासीलाई आवश्यक आपतकालीन सेवा,सुबिधा वडा कार्यालयहरुबाट प्रबाह गरि रहेकोतथा बिपन्न बर्गको लागी नगरपालिकाले राहत कार्यक्रम वितरण गरेको बताए।

मेयर खरेलले आफ्नो  चिन्ता कतै नगरवासीको चुल्हो त निभेको छैन ? बुढानिलकण्ठमा श्रमिकको संख्या धेरै अझ ति श्रमिकहरु बढी महिला छन ? उनीहरुलाई राहत उपलव्ध गराउने रहेको बताएका छन।

खरेलले ‘जस्तोसुकै अवस्था आएपनि हामी नगरबासीलाई भोकै राख्दैनौं, ढुक्क भए हुन्छ सबैको घरमा चुलो बाल्ने काम नगरपालिकाले गर्ने प्रतिवादत्ता व्यक्त गर्दै  नगरमा सुरक्षाकर्मी, स्वस्थ्याकर्मी, प्रत्रकार, वुद्धिजिविर युवाहरुको सक्रियता एकदमै सराहनीय रहेको बताएका छन।

उहाँहरुको उपस्थितीले हामीलाइ धेरै सहयोग महसूस भएको छ । वडा अध्यक्ष सहितको टिम मिहिनेतका साथ खटिनु भएको छ । सबै पक्षको राम्रो सहयोग पाएको बताउदै सबै जना धन्यवादका पात्र भएको बताए । उनले तपाई हाम्रो सामुहिक प्रयत्नले हामी हाम्रो समाजलाई कोरोना संक्रमण हुनबाट बचाउन सक्छौ भन्दै राष्ट्रिय संकटको यस घडीमा धैर्यतापुर्वक सचेत नागरीकको दायीत्व निर्वाह गर्न समेत अनुरोध गरेका छन ।

लकडाउन अवधीभर सरकारी आदेश र निर्दैशन पालना गर्नुहुन र अनाबश्यक भ्रमको पछाडी नलागी आफनै घर भित्र बसी रचनात्मक तथा सृजनशिल कार्यमा आफुलाई संलग्न गराउन हुन समेत सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दै नगरपालिकाले कोरोना जोखिम न्यूनीकरण तथा सम्भावित विपदको लागि कोष समेत स्थापना गरिएको हुँदा इच्छुक दाताले त्यसमा सहयोग गर्न सक्ने बताए।

तपाइँको प्रतिक्रिया ।