ह्यगृव भैरब वालुवा तथा ढुङ्गा प्रशोधन केन्द्र द्वारा गोकर्णेश्वर ३ को लागि राहत समाग्री प्रदान

ह्यगृव भैरब वालुवा तथा ढुङ्गा प्रशोधन केन्द्र द्वारा गोकर्णेश्वर ३ को लागि राहत समाग्री प्रदान

कपन अनलाइन

काठमाडौं, बैशाख ९ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा ह्यगृव भैरब वालुवा तथा ढुङ्गा प्रशोधन केन्द्रले राहतको लागि खाद्यान्न सहयोग गरेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ टोठाडोलमा रहेको ह्यगृव भैरब वालुवा तथा ढुङ्गा प्रशोधन केन्द्र ले स्वतन्त्र टोल  सुधार समिति लाइ विपन्न तथा दैनिक ज्यालादारी गरि खाने मजदुरहरुका लागी  २ सय बोरा चामल उपलब्ध गराएको स्वतन्त्र  टोल सुधार समितिका सदस्य एबम लायन रामेश्वर बिष्टले बताए ।

उनका अनुसार कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि  प्राप्त खाद्यान्न वाटवडा संग को समन्वयमा  राहत उपलब्ध गराउने पनि बताए ।सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका भन्दै  न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा दाताहरुको सहयोग प्राप्त भएकोमा खुसि ब्यक्त गर्दै त्यस्ता ब्यक्तिहरुको पहिचान गरि राहत उपलब्ध गराउने भन्दै संस्थाको तर्फ बाट दाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन ।

तपाइँको प्रतिक्रिया ।