बेसहाराको सारथी बन्दै बुढानिलकण्ठका मनोज कुमार श्रेष्ठ

बेसहाराको सारथी बन्दै बुढानिलकण्ठका मनोज कुमार श्रेष्ठ

कपन अनलाइन 

काठमाडौं ,बैशाख ७।

लकडाउनका कारण  कतै विरामीलाइ अस्पताल जान तथा  औषधि ल्याउन समस्या  समाधानमा अहोरात्र खटिएका बुढानिलकण्ठका समाजसेवी हुन बुढानिलकण्ठका मनोज  कुमार श्रेष्ठ ।

बैशाख ६ गते  बुनपा-१ निलोपुलमा बस्ने एक किशोरीलाई राती देखि नै स्वास्थ्यमा समस्या देखापरेको र ४ वर्ष देखि उपत्यकाको सबै अस्पतालमा लैजादा पनि उपचार सम्भव नभए पछि स्वयम्भू स्थित लामा गुरुबाट वैदिक एवम आयुर्वेदिक पद्धतिबाट  उपचार  हुदै आएकोमा नियमित आयुर्वेदिक उपचार रोकिएपछि किशोरीको स्वास्थमा समस्या आएपछि मनोज श्रेष्ठले बिरामीलाइ स्वयम्भू पुर्याइ उपचार गराइ त्यहाँबाट पुन : घरसम्म नै फर्काएका थिए ।

त्यस्तै बुनपा-७ का महादेव मण्डलका सानो छोरा लडेर खुट्टा भाचिएपछी उनैले बिरामीलाइ बि एण्ड वि अस्पतालम समयमै पुर्याएका थिए भने गर्भवती महिलाहरु,डाइलाइसिसका विरामी दीर्घरोगी आदिको नियमित उपचारका लागि अस्पताल पुर्याउने र घरसम्म ल्याउने साथै विरामीको औषधि ल्याइदिने काम मनोज श्रेष्ठ र उनको टिमले काम गरिरहेका छन ।

विषम समयमा सवारी आवागमन नहुने समस्याले पिडित बनेका नागरिकहरुका लागि श्रेष्ठ लगायतको समुहले सहयोग प्रयास गर्दै आएको छ

तपाइँको प्रतिक्रिया ।