लायन्स क्लब अफ काठमाडौं राइजिंग सन सहितका संघ संस्थाहरु द्वारा गोकर्णेश्वर ३ मा आयोजित आकस्मिक रक्तदान सम्पन्न

लायन्स क्लब अफ काठमाडौं राइजिंग सन सहितका संघ संस्थाहरु द्वारा  गोकर्णेश्वर ३ मा आयोजित आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, बैशाख  ७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ  । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन भएको पनि तीन हप्ता भन्दा बढी भई सकेको छ।यतिवेला विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव भएको बिभिन्न संचार माध्यम बाट सुनिदै आएको छ।त्यसैलाई मध्यनगर नगर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं राइजिंग सन सहितका बिभिन्न संघ सस्थाहरुले संयुक्त रुपमा आकस्मिक रक्तदान कार्यक्रम   आयोजना गरेका हुन्  । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित वडा नं ३ को कार्यालय प्राङ्गणमा बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म चलेको थियो ।

शनिबार रेडक्रस सोसाइटी भक्तपुरको प्राबिधिक सहयोगमा   लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं राइजिंग सन , लायन्स क्लब अफ काठमाडौं इन्फिनिटी ,लायन्स क्लब अफ काठमाडौं पन्चशिल,काठमाडौं लायन्स क्लब अफ सुन्दरीजल,स्वतन्त्र टोल सुधार समिति, स्वतन्त्र साकोस, कृष्ण सकोस कृष्ण मन्दिर युवा समूह लगायतले संयुक्त रुपमा सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी  आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको लायन जयराम बिष्टले कपन अनलाइनलाइ बताए अस्पतालमा रगतको आभाव भएको खबर सुनेपछि हामीले अभाव हुन नदिनकालागि रक्तदान कार्यक्रमको आयोजना गरेका हौ ।  लायन जयराम बिष्टले भने सबै जना एकजुट भयो भने असम्भव भन्ने केही छैन भन्ने शब्दलाई आजको कार्यक्रमले चरितार्थ पारेको छ । यस्तो लकडाउनको वेलामा पनि हामीले कार्यक्रममा ५८  पिन्ट रगत संकलन गर्न सफल भएका छौ । यस्का लागि सबैलाई धन्यवाद ।

उनले कोरोनाको कारण  रक्तदाताहरुले स्वास्थ्यको ख्याल गरेर होला रक्तदान नगर्नुभएको,’ दातालाई अपिल ‘अन्य बिरामीको स्वास्थ्य र जीवन र मरणको दोसाँधमा परेका व्यक्तिलाई सहयोग गर्नका लागि भए पनि रक्तदान कार्यक्रममा सरिक हुनलाई गरेको अनुरोध लाइ स्वीकार गर्दै कार्यक्रममा उपस्थित भइ रक्तदान गरेका सबैलाई आयोजकको तर्फ बाट धन्यबाद दिएका छन ।

उक्त कार्यक्रम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, पुर्व गभर्नर लायन कुमारराज सुवेदी   गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल  वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी लायन्स क्लब  इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का वर्तमान फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंकबहादुर श्रेष्ठ  चिफ ए ओ जी लायन कर्मा गुरुङ , लायन रमेश लामा,  लायन  द्वारिका श्रेष्ठ  लायन  धर्मशरण श्रेष्ठ, लायन मधुसुधन सिग्देल,  लायन सुदर्शन थापा आयोजक  संस्थाका अध्यक्ष तथा सदस्यहरु सहित  लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।