ओखलढुंगाका गाउँ-गाउँमा र्यापिड टेस्ट सुरु
कपन अनलाइन
ओखलढुंगा ,बैशाख ५।
ओखलढुंगामा विदेशबाट फर्किएका सबै मानिसको गाउँ गाउँमा पुगेर ¥यापिड टेस्ट गर्न थालिएको छ । जिल्ला कमाण्ड पोष्टको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले शुक्रबारबाट गाउँपालिका स्तरमा पुगेर विदेशबाट आएका मानिसको आरटिडी परीक्षण गर्न थालेको हो ।
विदेश र शहरबाट आएका मानिसका कारण कोरोनाको त्रास बढेकाले गाउँमै पुगेर उनिहरु सबैको आरटिडी परीक्षण गर्न लागिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
‘विदेशबाट आएका, शहरबाट गाउँ पसेका, यसअघि क्वारेन्टाइनमा बसेका र शंका लागेका सबैको उनिहरुकै ठाँउमा पुगेर र्यापिड टेस्ट गर्न थालेका छौं ।’ आचार्यले भने, ‘गाउँमा बढि चहलपहल हुने भएकाले जोखिम छ । त्यहाँ पुग्दा हाम्रो टोलीले सचेतनाका सवालमा पनि छलफल गरेर फर्कन्छ ।’ जिल्लाका आठवटै स्थानीय तहमा पुग्नेगरि तीनवटा प्राबिधिक टोली बनाएर आरटिडि परीक्षण सुरु गरिएको छ ।
जिल्ला कमाण्ड पोष्ट र स्वास्थ्यकर्मीको समुहलाई स्थानीय सरकारले ¥यापिड टेस्टमा सहयोग गरिरहेका छन् ।
शुक्रबार मोलुङ र मानेभञ्ज्याङका स्थानीयमा र्यापिड टेस्ट गरिएको छ । विदेश र शहरबाट आएका सहित गाउँमा शंका लागेका ५० जनाको ¥यापिड परीक्षण गरिएको मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भटराईले बताए । उनिहरु सबैको रिपोर्ट आउन बाँकी छ ।
मोलुङ गाउँपालिकामा १४ जनाको आरटिडि परीक्षण गरिएको गाउँपालिकाका सूचना अधिकृत गोपाल नेपालले जानकारी दिए । उनका अनुसार मोलुङमा टेस्ट गरिएका १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य चाैकी प्राप्चाका प्रमुख मित्रमिनु ढकालका अनुसार विदेशबाट फर्केका अन्यकाे पनि स्वास्थ्य परीक्षण गराउने याेजना छ । स्थानीय स्वास्थ्यकर्मीले पनि आरटिडि परीक्षणमा सहयोग गरेका थिए ।
मानेभञ्ज्याङ्गमा परीक्षण गर्ने टोलीले शनिवार चिशंखुगढी गाउँपालिकामा आरटिडि परीक्षण गर्नेछ । मोलुङको टिमले खिजिदेम्बा गाउँपालिकामा गएर त्यहाँ पनि आरटिडि परीक्षण गर्नेछ । त्यस्तै लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र सुनकोसी गाउँपालिकामा आरटिडि परीक्षणका लागि भने अर्कै टिम खटाईएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा बैशाख ७ गते सम्म जिल्ला भर १ सय ४५ जनाको आरटिडि परीक्षण गर्ने तयारी छ ।
बुधवार सिद्धिचरण नगरपालिकाको ओखलढुंगा क्याम्पसको क्वारेन्टाईनमा रहेका २० जनाको आरटिडी परीक्षण गरिएको थियो । परीक्षणमा उनीहरु सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाईनमा बस्ने गरि पठाईएको छ ।
प्रदेश सरकारले ओखलढुंगामा ¥यापिड टेस्टका लागि १ सय ५० वटा आरडीटी किट उपलब्ध गराएको थियो ।समाचार साभार :भिजन एफ एम