प्रहरीले गस्ती बढाए संगै शंखरापुर नगरपालिकामा लक डाउनको प्रभाव देखिन थाल्यो
कपन अनलाइन
काठमाडौं बैशाख ५। शंखरापुर नगरपालिकामा कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न ‘लकडाउन’ लाई थप कडाइ गरेको छ ।लक डाउनलाइ प्रभाबकारी बनाउन साँखु बजार क्षेत्रमा प्रहरीले गस्ती बढाए सँगै त्यसको प्रभाव पनि देखि थालेको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गोबिन्द पन्थीको नेतृत्वमा ३ समुहमा बिभाजन गरी प्रहरीले गस्ती बढाएको छ । बिहानको समयमा गस्ती गर्ने क्रममा पसलहरूमा केहि भिड देखिएको र हेल्मेट समेत नलगाइ मोटर साइकल चलाउनेहरू हरुलाई प्रहरीले होल्डमा राखेको र प्रथम पटक सम्झाई बुझाइ गरेको बताउदै गस्ती नियमित भइरहने हुँदा पुनः लापरबाही गरेको पाइए कारवाहि गरिने महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोबिन्द पन्तीले बताए।
बजारमा मात्र नभइ शंखरापुर नगरपलिकाका अन्य वडाहरूमा पनि गस्ती बढाउने जानकारी दिदै । लकडाउनका बेला सुरक्षाकर्मीलाई ढाँटेर वा छलेर हिँडडुल नगर्न र संयमित रहन पनि आग्रह गर्दै कठिन परिस्थितिमा सबैले अनुशासनको पालना र धैर्यता कायम राख्नुपर्नेमा जोड दिएका छन। उनले अहिले अरु बेलाभन्दा फरक अवस्था रहेको भन्दै मर्निङ वाक, इभिनिङ वाक, सरसामग्री किनमेल, आफन्त भेटघाट जस्ता काम पनि नगर्न पनि अनुरोध गरेका छन । दिनभर घरभित्रै बस्ने तर बिहान बेलुका ’फ्रेश’ हुने बहानामा बाहिर निस्कने र जमघट हुने गर्दा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्ने भएकोले त्यसो नगर्न पनि अनुरोध गरेका छन ।
फोटो :संखरापुर न्युज